Shittalpati
कोरोनासँग लापरबाही नगरौं
कोरोनासँग लापरबाही नगरौं समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ ।
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै  छोराको ज्यान गयो
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै छोराको ज्यान गयो पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले स्याललाई हान्ने क्रममा लागेर ज्यान गएको हो ।
विज्ञापनका सबै काम हुलाकबाट
विज्ञापनका सबै काम हुलाकबाट विज्ञापन सम्बन्धी सम्पूर्ण काम अब जिल्ला हुलाक कार्यालयबाट हुने भएका छन् । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ ।
नाग पञ्चमी पर्व मनाइयो
नाग पञ्चमी पर्व मनाइयो प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको अवसर पारेर शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नाग पञ्चमी पर्व मनाइएको हो ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नीति पारित गरेको हो ।
‘नयाँ बजेट र नीति तथा कार्यक्रम संशोधन हुन्छ’
‘नयाँ बजेट र नीति तथा कार्यक्रम संशोधन हुन्छ’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ बजेट र नीति तथा कार्यक्रम संशोधन हुने बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका हुन ।
लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई दुई लाख दिने
लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई दुई लाख दिने लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।
किसानलाई प्रेरित गर्न ड्रागन खेती
किसानलाई प्रेरित गर्न ड्रागन खेती स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।
नाग पञ्चमी र यसको परम्परा
नाग पञ्चमी र यसको परम्परा हरेक वर्ष साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विधिपूर्वक नागहरूको पूजा गरिन्छ । आज पनि हिन्दु धर्मावलम्बीहरुले घर–घरमा नागको पूजागरी पर्व मनाउँदै छन् ।
आज नाग पञ्चमी : घर–घरमा नागको पूजा गरिदैं
आज नाग पञ्चमी : घर–घरमा नागको पूजा गरिदैं नाग पञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्विर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्वमा नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...
Weather Update