Shittalpati
आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस

यतिखेर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस माहाधिवेशनमा होमिएको छ । माहाधिवेशनको क्रममा पालिकातहसम्मको अधिवेशन सम्पन्न गरिसकेको छ । वडादेखि क्षेँत्रीय, जिल्ला, प्रदेश तहको नेतृत्व कसले कहाँ गर्ने भन्ने विषयमा नेतृत्व हत्याउने विषयमा रस्सा कस्सि नै चल्ने क्रम बढेको छ । यस अवधिसम्म कसको कहाँ कति वर्चश्व भनेर प्रारम्भिक आंकलन गरिसकेका छन् । यसलाई आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धा भन्ने पनि गरिन्छ । यो आन्तरिक प्रतिस्पर्धा नेपाली काँग्रेसका लागी अनुत्पादक नै सावित भएको छ ।

काँग्रेस भित्रको राजनीतिलाई पछिल्लो समयमा नियाल्दा तेह्रौ महाधिवेशन पछि तीनवटा गुट भेटिन्छ । पहिलो गुटको नेतृत्व स्वयं पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । उनको गुटलाई माहाधिवेशन अगाडि प्रजातान्त्रिक भन्ने गरिन्थ्यो । तर तेह्रौ माहाधिवेशन पछि देउवा समूहलाई संस्थापन भनिन्छ । त्यहि माहाधिवेशनमा शेरबहादुरसँग पराजित समूहलाई थरको नामले पुकारिन्छ । कोइराला, पौडेल समुह त्यसको नेतृत्व रामचन्द्र पौडेलले गरेका छन् । यो गुट गिरिजाप्रसाद कोइरालाको समयदेखि नै थियो । यो समुहलाई नै त्यसबेलामा संस्थापन समुह भन्ने गरिन्थ्यो । तेह्रौ माहाधिवेशनमा फेरी अर्को समुहको उदयभयो । पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको नेतृत्वमा । त्यो समुह पनि तेह्रौ माहाधिवेशन पछि क्रमिक रुपमा संस्थागत हुँदै गयो । गत माहाधिवेशनमा सिटौलाले टिमै बनाएर माहाधिवेशनमा भिडे । पहिलो चरणको निर्वाचनबाट बाहिरिएपछि दोस्रो चरणको निर्वाचनमा उनले देउवा समुहलाई सहयोग गरेका थिए । अहिले सम्म उनले मन्द गतिमा तेश्रो धारको नेतृत्व गरिरहेका छन् । यस पटकको माहाधिवेशनमा पुरानो धार, पुरानो लाइन भन्ने होला जस्तो देखिदैन आन्तरिक लोकतन्त्रको कडा प्रतिस्पर्धा हुने नेतृत्वका लागि डौडधुप सुरु भएको छ । यसले पार्टीमा संस्थागत विकासमा सहयोग पुग्ने सक्षम योग्य मात्र नेतृत्वमा पुग्ने देखिन्छ । यसपटक विसौ वर्ष पुरानो सम्बन्ध, साथ पनि तोडिने प्रवल संभावना देखिन्छ । फेरी यस्तो प्रकरणले नेतृत्व तानासाही बन्दैन । तेह्रौ माहाधिवेशनबाट नेतृत्वमा आएपछि नेतृत्व स्वइच्छाचारी नै भएको हो । विधानको मर्म भावनाअनुरुप सञ्चालन भएको भने पटक्कै होइन । यो त देउवाको वरिपरि छाँया परे जस्तो गर्नेले पनि स्विकार गरेकाले यसपटक विगतको भन्दा पृथक हुनेछ । तेह्रौ माहाधिवेशन भएको साढे ५ वर्ष पुरा वित्यो । चौधौ माहाधिवेशनको संघारमा आइपुग्दा सम्म विगतदेखि नै सबैले भन्ने गरेको संस्थागत गुट फुटको संघारमा पुगिसक्यो । गुटभित्रको फुट पुनः जोडिने संभावना अन्त्यन्त कम देखिन्छ । आउने माहाधिवेशनमा वर्तमान सभापति देउवा पुनः भिड्ने तयारीमा छन् । उनी आफुले घोषणा गरिसकेका छैनन् । उनका सहयोगीहरुले प्रचार प्रसार गरिसकेका छन् । पटक–पटक सरकारको नेतृत्व गरिसकेका देउवाले पुनः सभापति बन्ने आकांक्षा राखेको नभने पनि बुझिन्छ ।

सभापति देउवासँग लामो समयदेखि सहकार्य गर्दै आएका विमलेन्द्र निधीले समेत चौधौ माहाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी संस्थापक नेता महेन्द्र नारायण निधीका पुत्र हुन । सभापतिपदको उम्मेदवारी घोषणा गरेका निधीले लामो समयसम्म देउवासँग गरेको सहकार्य तोड्दै अगाडि बढेसंगै जिल्ला जिल्लाका कार्यकर्ता समक्ष सम्पर्क अगाडि बढाइसकेका छन् । निधी तराई क्षेत्रको बलियो नेता र बलियो पकड भएका नेताका रुपमा उनलाई लिने गरिन्छ । अगामी माहाधिवेशनमा आफुलाई सहज बनाउनै भनेर देउवाले निधीलाई उपसभापतिमा मननित गरेका थिए । उनी भारतीय काँग्रेस आइ निकट ठानिने नेताका रुपमा चिनिन्छन् ।

यसैगरी अर्का नेता रामचन्द्र पौडेलले समेत आउने माहाधिवेशनमा सभापतिपदमा आफुलाई सघाउन पटक पटक आफु निकटकाहरुलाई आग्रह गरेका छन् । उनले नेतृत्वको दावी गर्दै आए पनि आफ्नै निवासमा सहमति जुटाउन डाकेको गुटको बैठकमा सहमति जुट्न सकेको छैन । उनले जिल्ला जिल्लाका आफ्ना कार्यकर्तासँग सम्पर्क बढाउदै गएका छन् । उनको समुह भित्रका वर्तमान माहामन्त्री शसाड्ढ कोइराला केन्द्रिय सदस्य शेखर, सुजता कोइरालाले समेत नेतृत्वको लागि दावी गरेका छन् । त्यसैगरी सर्वमान्य नेता गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले पनि नेतृत्वको दावी गर्दै उम्मेदवारीको घोषणा गरिसकेका छन् । यस टिममा सहमति बनाउन नेतृ सुजता कोइरालाको क्रियाशिलता बढेको छ ।

तेह्रौ माहाधिवेशनमा एक ठाउँमा रहेको टिम सबै तितर वितर भएको छ । विगतमा गिरिजा प्रसाद कोइरालासँग असन्तोष र मतवेद राख्दै आएका देउवासँग सहकार्य गर्दै आएको र ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा शाही आयोगले दोषी देखाएको समयमा पार्टीलाई नेतृत्व दिदै कार्यवाहक सभापति भएका देउवाका सारथी गोपालमान श्रेष्ठले पनि आउने माहाधिबेशनमा नेतृत्वको दावी गरेका छन् । यस्तो क्रियाकलापले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने छ । गत माहाधिवेशनबाट तेश्रो धारका रुपमा उदाएका कृष्णप्रसाद सिटौलाले पनि आउने माहाधिवेशनमा टिमै बनाएर प्रतिसपर्धामा उत्रने उद्घोष गरिसकेका छन् । उनीसँग पनि नयाँ पुराना सबै कार्यकर्ता समेटिने दावी समेत गरेका छन् । यसपटक अहिले सम्मकै अवस्था अनुसार वर्तमान शेरबहादुर देउवाका लागि नेतृत्वमा आउन सहज देखिदैन आफुसंगै सहयात्रा गरेका साथ र समर्थन गरेका साथीहरुले विपक्षीमा मोर्चाबन्दी गरेका छन् । यहि अवस्था कायम हुने लक्षण देखिएकाले पनि अर्जुनरसिंह केसीको क्रियाशिलता बढेको छ । केसीले देउवासँग सहमति कायम गर्ने, संभवभए आफैले नेतृत्व गर्ने यदि नभए कोइराला परिवारबाट शेखरलाई सभापति बनाउने देउवाको हातबाट नेतत्व फु्त्काउने योजनामा लागेका छन् । केन्द्रमा यस्तो सिनारी देखिएपछि यसको प्रभाव अहिले जिल्लासम्म छताछुल्ल भएको अवस्था छ । वडा तहको अधिवेशन सम्पन्न भएपछि केन्द्रिय नेतृत्वतहका नेताहरुको निर्वाचित सभापतिसँग सम्पर्क बढेको छ । यस प्रकरणमा देउवा समूहका नेताको क्रियाशिलता बढेको हो । पटक पटक सरकारमा रहँदा अलोकप्रिय काम गरेका कारण आलोचित बनेका देउवालाई यस पटकको निर्वाचन सहज देखिदैन फेरी लामो समयसम्म रामचन्द्र पौडेललाई नेता ठान्दै र मान्दै आउने संभावना पनि देखिन्छ । यस पटकको निर्वाचनले नेतृत्वतहमा बसेकाहरुका लागि राम्रो सवक सिकाउने लक्षण देखा परेको छ ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update