राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्यो : अधिकारी
आइतबार, पुस ४, २०७८
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै
आइतबार, पुस ४, २०७८
आज योमरी पुन्ही । देशभरका नेवार समुदायले घर–घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । आइतबार नेवार समुदायले यो पर्वलाई हर्सोल्लासका साथ मनाउन लागेका हुन् ।
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा
आइतबार, पुस ४, २०७८
तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।
बालबालिकालाई कोरोना खोप लगाइँदै
आइतबार, पुस ४, २०७८
आजदेखि बालबालिकाहरुलाई पनि कोरोनाविरुद्धको खोप दिइन थालिएको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन लागेको हो ।
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना
आइतबार, पुस ४, २०७८
एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूलाई लक्षित गरी विशेष योजना ल्याएको छ । व्यवसायी विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने गरी एनसेलले प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना ल्याएको हो ।
‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार
आइतबार, पुस ४, २०७८
यसपाली जाडोको शुरुवात भैसकेको छ । अब न्यानो–न्यानो तातो–तातो खानेकुराहरु खाई शरिरलाई तन्दुरुस्त बनाई राख्न जरुरी भैसकेको छ । यस्ता जाडोको लागि न्यानो खाने कुरामा पर्दछ नेवारी खाना योमरी पनि । प्रत्येक बर्ष मंसिर शुक्ल पक्ष मंसिर महिनामा यो चाड मनाइन्छ । यःमरी पुन्ही नेवार समुदायको एक मौलिक चाडपर्बको रुपमा...
साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन
शनिबार, पुस ३, २०७८
शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले प्रतिभा सम्मान तथा कृति विमोचन गरेको छ । प्रतिष्ठानले आफ्नो १६ औं वार्षिक दिवस, ९३ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा प्रतिभा सम्मान तथा कृति विमोचन गरेको हो ।
शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम
शनिबार, पुस ३, २०७८
तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल
शनिबार, पुस ३, २०७८
स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैंसीपालन गर्दै आएकी छन् । दुई भैंसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैंसी पाल्दै आएकी छन् ।
लुम्बिनीमा फुड फेस्टिबल हुँदै
शनिबार, पुस ३, २०७८
यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा फुड फेस्टिबल हुने भएको छ । होटल एशोसियसन लुम्बिनीले नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।
काँग्रेस रूपान्तरणको आशा
शनिबार, पुस ३, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोररिए पनि अन्य पदाधिकारीमा भने नयाँ अनुहारहरु आएका छन् ।
बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला
शुक्रबार, पुस २, २०७८
तानसेनमा रहेको बेथल बोर्डिङ स्कुलमा लेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला गोेष्ठी गरेको हो ।
आइतबार सार्वजनिक विदा
शुक्रबार, पुस २, २०७८
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै उघौली पर्व योमरी पुन्ही, ज्यापू दिवसको अवसरमा देश भरका सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


