गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समिक्षा
शुक्रबार, पुस २, २०७८
पाल्पामा पासोमा परेको चितुवाको उद्दार
शुक्रबार, पुस २, २०७८
जिल्लाको तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।
यी हुन् काँग्रेस उपसभापति र महामन्त्रीमा निर्वाचित हस्तीहरु
शुक्रबार, पुस २, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम आएको छ । बिहीबार प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा निर्वाचित भएका छन् ।
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो
शुक्रबार, पुस २, २०७८
जिल्लाको सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल निर्माणको कार्यले तीव्रता पाएको छ । केही समय सुस्ताएको निर्माणको कामले अहिले भने तीव्रता पाएको हो । अहिले अन्तिम चरणमा रहेका टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालय दाङमा सर्यो
शुक्रबार, पुस २, २०७८
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय स्थानीय राजधानी दाङमा सरेको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा मुकाम तोकेर सञ्चालन हुँदै आएको मन्त्रालय बुधबारदेखि राप्ती दाङमा सरेको हो । मन्त्रालय सरेसँगै दाङको सिसहनियामा कार्यालय स्थापना गरी कार्यसम्पादन हुँदै आएको छ ।
महामन्त्रीमा निर्वाचित को हुन् गगन थापा ?
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता गगन थापा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा उनले सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ?
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन् । विधानअनुसार दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा दोस्रो मतसहित शर्मा महामन्त्री बन्न सफल भएका हुन् । उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसहित पार्टी प्रवक्ता भएर कार्यकाल कौशलपूर्वक सम्पन्न गरेका थिए । पदसँगै उनको गरिमामात्र हैन जिम्मेवारी पनि उत्तिकै बढेको छ ।...
काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी
बिहीबार, पुस १, २०७८
नेपाली काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् ।
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग
बिहीबार, पुस १, २०७८
जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई आर्थिक सहयोग गरेका छन् । बाजेले तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई एक लाख आर्थिक सहयोग गरेका हुन् ।
शुक्रबारदेखि हिमपातको सम्भावना
बिहीबार, पुस १, २०७८
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेस उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी भएका हुन् ।
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान
बिहीबार, पुस १, २०७८
लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित
बिहीबार, पुस १, २०७८
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले रुपन्देहीमा भएको १३ औं वार्षिक साधारण मार्फत १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।


