Shittalpati
नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज
नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज एकदिवसीय क्रिकेटको अन्तिम खेलमा क्यानडा–११ ले नेपाल एलाई ४ विकेटले हराएको छ । यो जितसँगै नेपाल एविरुद्धको सिरिज क्यानडा–११ ले हातपारेको छ । क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको हो ।
जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा  दाङमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा. ५ प. ५४५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.२ झ. ३६५२ नम्बरको बोलेरो जिप आपसमा ठोक्किएका थिए । 
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा घिमिरे विजयी
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा घिमिरे विजयी नेपाल मुद्रण महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका घनश्याम घिमिरेले विजयी भएका छन् ।  महासंघको शनिबार दाङमा भएको दोस्रो अधिवेशनबाट बाँकेका ज्योति भण्डारीलाई पराजित गर्दै  घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । 
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
सडक दुर्घटना रोकौं
सडक दुर्घटना रोकौं पछिल्लो समय नेपालमा सवारी दुर्घटनाका घटना ह्वात्तै बढेका छन् । चालकको गम्भीर लापरवाहीले  सवारी दुर्घटना बढ्ने गरेका छन् । पछिल्लो केही दिन यता लुम्बिनी प्रदेशमा दुई दिनको अन्तरमा भयानक दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् ।
बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव
बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २७ औं वार्षिकउत्सव मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले सोमबार विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकउत्सव मनाएको हो ।
सुस्त गतिमा लुम्बिनी प्रदेश सरकार
सुस्त गतिमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारको कामको गति अत्यन्त सुस्त रहेको छ । विकास निर्माणदेखि जनजीविकासम्मका काममा प्रदेश सरकारले गर्विलो उपस्थिति देखाउन सकेको छैन । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको प्रदेश सरकारको कामको गति सुस्त देखिएको हो ।
बस दुर्घटनामा २० जना घाइते
बस दुर्घटनामा २० जना घाइते चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।  
Weather Update