यामाहाले ल्यायो नयाँ अफर, २० लाखसम्म जित्ने अवसर
शनिबार, चैत १९, २०७८

पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ
शनिबार, चैत १९, २०७८
नेपालको ताज महलका रुपमा परिचित पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।

पाल्पामा सत्तारूढ गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
स्थानीय तहको निर्वाचन नजिकएसँगै पाल्पामा सत्तारुढ गठबन्धनको बैंठक बसेको छ । विहीबार केन्द्रमा बसेको गठबन्धनको बैंठकको निर्देशन अनुसार शुक्रबार पाल्पामा पनि गठबन्धनको बैंठक बसेको हो ।

आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन
शुक्रबार, चैत १८, २०७८
नेपाली काँग्रेसको भातृसंस्था नेपाल आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संघको प्रथम अधिवेशन भएको हो । अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।

गुल्मीमा गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
सत्तारुढ गठबन्धनका दलहरुबीचको बैठक गुल्मीमा बसेको छ । शुक्रबार नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा बसेको बैठकले आसन्न निर्वाचनलाई केन्द्रीत गरी पाँच सदस्यीय जिल्ला संयन्त्रण गठन गर्ने निर्णय गरेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।

प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
शुक्रबार, चैत १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
.jpg)
गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान
शुक्रबार, चैत १८, २०७८
छत्रकोट गाउँपालिका–४, दिगामका प्रेमनाथ पन्थले आठ रोपनी बारीमा उखु खेती गर्दै आएका छन् । उनले एक दशकदेखि व्यावसायिक उखु खेती गर्दै आएका हुन् । पन्थले उखुबाट खुदो र गुड उत्पादन गरी विक्री गर्दै आएका छन् । गुड र खुदो विक्रीबाट पन्थले वार्षिक ७ देखि १० लाख आम्दानी गर्ने गरेको बताउँछन् ...

मेगा बैंक तानसेन शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम
बिहीबार, चैत १७, २०७८
मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले युवा पुस्तालाई वित्तीय साक्षरता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । उसले तानसेनमा रहेको शिव इन्टिच्युटमा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सञ्चालित इभेन्ट दोस्रो परियोजनामा सहभागी ६० जना प्रशिक्षार्थीहरुलाई बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी...

आजदेखि अर्गली–पाल्पा महोत्सव सुरु
बिहीबार, चैत १७, २०७८
पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा आजदेखि अर्गली– पाल्पा महोत्सव सुरु भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म हुने अर्गली–पाल्पा महोत्सव विहीबादेखि सुरु भएको हो ।
.jpg)
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन
बिहीबार, चैत १७, २०७८
गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए । उनले अन्य समयमा पनि विरामीलाई अक्सिजन अभाव हुन सक्ने हुँदा त्यसको पूर्व तयारीका लागि अक्सिजन...

गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
बिहीबार, चैत १७, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा मानव अधिकार तथा शान्ति समाजले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोकेर र शान्ति प्रवद्र्धन गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रशासन कार्यालय अगाडि झण्डै १ घण्टा प्रदर्शन गरेको हो ।

पाल्पामा धमाधम चैतेधान रोपाइँ हुँदै
बिहीबार, चैत १७, २०७८
पाल्पाका फाँटहरुमा यतिबेला चैतेधान रोप्ने चटारो रहेको छ । फागुन महिनामा विउ राखेर चैत्र महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरुमा चैतेधान रोप्ने परम्परा रहेको छ ।

स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता
बिहीबार, चैत १७, २०७८
पाल्पामा स्थानीय तहको निर्वाचनका लागि १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुख्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा...