Shittalpati
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली काँग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी भएका हुन् ।
एक महिनामै सरकारको निर्णय फिर्ता
एक महिनामै सरकारको निर्णय फिर्ता एक महिना अघि आइतबार बिदा दिने संघीय सरकारको निर्णय फिर्ता भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णयको चौतर्फीक आलोचना भएपछि आजदेखि खारेज गरिएको हो । सरकारले बिदा दिन गरेको निर्णयको सुरुमै चौतर्फी विरोध भएको थियो ।
निस्दी मित्यालका असल बुहारी सम्मानित
निस्दी मित्यालका असल बुहारी सम्मानित सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका जेष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ ।
युरिया मल ल्याउँदै साल्ट ट्रेडिङ
युरिया मल ल्याउँदै साल्ट ट्रेडिङ देशभर रासयनिक मलको अभाव भएका समाचार आइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले भने मल ल्याउन धमाधम काम थालेको छ । एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको कर्पोरेसनले केही मल ल्याई सकेको र केही मल असार पहिलो हप्ता ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ ।
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।
किसानलाई मलको पिरलो
किसानलाई मलको पिरलो यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउँछन् ‘कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रो पटक...
किसानलाई बीउ वितरण
किसानलाई बीउ वितरण उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
पाल्पा  रामपुरका  किसानलाई बीउ वितरण
पाल्पा रामपुरका किसानलाई बीउ वितरण उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’ प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन नेकपा एमाले पाल्पा तिनाउ गाउँपालिका वडा नंं. १ कचलको वडा भेलासँगै कमिटि गठन भएको छ । वडा कमिटी बैठकले आगामी असार भित्र पार्टी सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता थप गर्ने, बस्ती बस्तीमा पुगेर योजना संकलन गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका १८ पालिकामा महिलाको पद गुम्यो
लुम्बिनी प्रदेशका १८ पालिकामा महिलाको पद गुम्यो लुम्बिनी प्रदेशमा यसपालिको स्थानीय तह निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा निर्वाचित महिला अघिल्लो निर्वाचनका तुलनामा ह्वात्तै घटेका छन् । अघिल्लो निर्वाचनमा लुम्बिनी प्रदेशमा पालिका प्रमुखमा १ जना र उपप्रमुखमा १०८ जना गरी १०९ जना महिला निर्वाचित भएका थिए भने यसपालि प्रमुखमा २ जना र उपप्रमुखमा ८९ जना गरी ९१ जना...
लुम्बिनीको नीति तथा कार्यक्रम पारित
लुम्बिनीको नीति तथा कार्यक्रम पारित लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
Weather Update