Shittalpati
निमावि लाइसेन्सको विज्ञापन खुला
निमावि लाइसेन्सको विज्ञापन खुला शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले सोमबारदेखि विज्ञापन खुला गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुनः १० रुपैयाँ बढाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सोमबार दिउँसो तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
पाल्पाका एक्लो दलित वडाध्यक्ष
पाल्पाका एक्लो दलित वडाध्यक्ष पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि जिल्लाको रामपुर नगरपालिका २ का एक जनामात्रै दलित उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण...
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी...
रम्भा गाउँपालिकामा एमालेको अग्रता
रम्भा गाउँपालिकामा एमालेको अग्रता जिल्लाको रम्भा गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । यो समाचार तयार पर्दासम्म चार वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ३ वटा वडामा विजयी हासिल गरेर अग्रता लिएको हो । नेपाली काँग्रेस सहितको गठबन्धनले भने एक वटा वडामा मात्र जित हासिल गरेको छ  ।
संस्थापक सेयर बेच्दै कुमारी बैंक
संस्थापक सेयर बेच्दै कुमारी बैंक कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको एक लाख २२ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उसले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार २ सय ८७ कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो...
कालीगण्डकीमा निः शुल्क स्वास्थ्य वीमाको घोषणा
कालीगण्डकीमा निः शुल्क स्वास्थ्य वीमाको घोषणा कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वेदबहादुर थापाले, सोमबार विहान शुभ साईतमा गाउँपालिका भित्रका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने जनप्रिय घोषणा गरेका छन् ।
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।
बलात्कार पीडितलाई न्याय देऊ सरकार
बलात्कार पीडितलाई न्याय देऊ सरकार सिंगै देश मत गणनाको नतिजाले तातिरहेको बेला एक्कासी एक चेलीको वर्षौं गुम्सिएको आँसुको ताल बिस्फोट भएको छ । त्यससँगै देशवासीकै ध्यान उनै चेलीतर्फ खिचिएको छ । सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा...
तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना युवकको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटना हुँदा तिनाउ गाउँपालिका –५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।
Weather Update