मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
मंगलबार, जेठ २४, २०७९
सोमबार थपिए २१ कोरोना संक्रिमत
सोमबार, जेठ २३, २०७९
देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
परासीमा गोली चल्यो
सोमबार, जेठ २३, २०७९
पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन ।
यात्रु बोक्ने एम्बुलेन्स कारवाहीमा
सोमबार, जेठ २३, २०७९
रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारवाहीमा परेको छ । बा २ झ १७४३ नम्वरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारवाहीमा परेको हो
विश्व वातावरण दिवस : तिनाउको चुनुमाया पार्कमा गरियो वृक्षारोपण
आइतबार, जेठ २२, २०७९
विश्व वातावरण दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाका विभिन्न सथानमा वृक्षारोपण गरी दिवस मनाइएको हो । आइतबार दिवसको अवसरमा तिनाउ गाउँपालिका–३ दोभानस्थित चुनुमाया पार्कमा वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश वन वातावरण तथा भू–संरक्षण मन्त्रालय बुटवलको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ...
रेसुङ्गा बालउद्यानमा वृक्षारोपण
आइतबार, जेठ २२, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिकाको–९ स्थित रेसुङ्गा बालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा विश्व वातावरण दिवसको अवसर पारेर यहाँ वृक्षारोपण गरिएको हो ।
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु
आइतबार, जेठ २२, २०७९
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । खोलामा माछा मार्न गएका जिल्लाको इश्मा गाउँपालिका–२ रातडाँडा सत्तलेका ४१ वर्षीय झविलाल कुमालको खोलामा डुवेर मृत्यु भएको हो ।
कालीगण्डकीको बिजुली भारत निर्यात गर्न थालियो
आइतबार, जेठ २२, २०७९
कालीगण्डकीको विजुली भारत निर्यात गर्न थालिएको छ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाट बिजुली भारत निर्यात गर्ने थालेको हो । यसअघि त्रिशूली आयोजनाबाट उत्पादित २३.२ र देवीघाटको १४.५ मेगावाट विद्युत् मात्रै भारत निर्यात भइरहेको थियो । अब त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट ३७.७ मेगावाट र कालीगण्डकी जलविद्युत...
रुपन्देही बस दुर्घटना : ६ जनाको पहिचान खुल्यो (अपडेट)
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये ६ जनाको पहिचाल खुलेको छ ।
रुपन्देहीमा बस खोलामा खस्दा नौ जनाको मृत्यु
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो...
पाल्पा र गुल्मीका पालिकालाई आठ अर्ब ३२ करोड बढीको बजेट
आइतबार, जेठ २२, २०७९
आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेट अनुसार पाल्पा र गुल्मीका स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड भन्दा बढी बजेट प्राप्त हुने भएको छ । दुई जिल्लाका २२ स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड २७ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष ०७८/७९ का...
आज नेवार समुदायको सिथि नख पर्व मनाइँदै
आइतबार, जेठ २२, २०७९
नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । पाल्पा सहित देशभरका नेवार समुदायले आफ्नो परम्परा अनुसार यो पर्व मनाउन लागेका हुन् । पहिला पहिला काठमाडौंमा मात्र सिमिति रहेको सिथि नख पर्व पछिल्लो समय काठमाडौंबाट बाहिर गएका नेवार समुदाहरुले आफ्नो ठाउँमा यो पर्व मनाउने गरेको पाइन्छ ।
ई–पासपोर्ट लिन प्रि–इनरोलमेन्ट फाराम प्रशासनबाटै
आइतबार, जेठ २२, २०७९
जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि प्रि–इनरोलमेन्ट फारामको काम प्रशनसनबाटै मिलाइएको छ । यहाँ ई–पासपोर्टको सेवा दिन थालेपनि सेवाग्रहीले फाराम भर्दा झन्झटिलो भएको गुनासो गरेपछि जिल्ला प्रशासनले सेवाग्रहरीको सहजताको लागि प्रि–इनरोलमेन्ट काम पनि गरिदिने भएको हो । योसँगै सेवाग्रहीले माग अनुसार सेवा पाउन सहज हुने भएको छ ।


