Shittalpati
पाल्पामा ६ जना कोरोना संक्रमित थपिए
पाल्पामा ६ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घन्टामा पाल्पामा ६ जना कोरोना संक्रमित थपिएका छन् । २१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
तिनाउ खोलामा महिला मृत फेला
तिनाउ खोलामा महिला मृत फेला तिनाउ खोलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तिनाउ गाउँपालिका–५, स्थित तिनाउ खोलामा सोमबार साँझा अन्दाजी ३५/४० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । उनलाई खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरण अनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै आज साउन कृष्ण चतुर्दशीको दिन पाल्पा सहित देशभरका नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदै छन् । नेवार समुदाय रहेका टोल टोलमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । विशेषगरी घण्टाकर्ण पर्वलाई नेवार समुदायले गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् ।
पाल्पामा थप सात जनामा कोरोना
पाल्पामा थप सात जनामा कोरोना पछिल्लो २४ घन्टामा पाल्पामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेनका थप सात जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल प्रेस युनियनको  आठ वर्षमा नयाँँ नेतृत्व, अध्यक्षमा लम्साल
नेपाल प्रेस युनियनको आठ वर्षमा नयाँँ नेतृत्व, अध्यक्षमा लम्साल नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा करिव आठ वर्षमा नयाँ नेतृत्व आएको छ । यही साउन ६ र ७ गते हेटौंडामा भएको नवौं महाधिवेशनले शिव लम्सालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट) पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका – २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ विक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्ष अघिदेखि सो जातको मकैको...
यामाहाले विजेतालाई थाइल्याण्ड पठाउँदै
यामाहाले विजेतालाई थाइल्याण्ड पठाउँदै नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले विजेतालाई थाइल्याण्ड पठाउन लागेको छ । असार ९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्किम अन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत एक जना र बाइक/स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो ...
छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ७ जनाको ज्यान गएको छ । बाँके, दाङ, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा भएका छुट्टाछुट्टै घटनामा ७ जनाको ज्यान गएको हो ।
पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट)
पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट) पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो । आइतबार दिउँसो ४:३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचाल हुन सकेको छैन ।
Weather Update