दुर्गाप्रसाद अर्याल
नेपाली डिसनरीमा सिमति “गठबन्धन” शब्द तत्कालीन नेकपाले आपसी विवाद मिलाउन नसक्दा दुई दुई पटकको संसद विघटनको कार्य पश्चात चर्चा र नेपाली राजनीतिमा व्यापकरुपमा प्रयोग भएको शब्द हो । यसको खास अर्थ के रहेछ भनि नेपाली शब्दकोष पल्टाउँदा गठ+बन्धन=गठबन्धन, कुनै काम कुराका लागि एक भएर मिल्ने काम, कुनै स्वार्थ सिद्धका लागि गरिने आपसी साँठगाँठ, समान उदेश्य कारणले केहि व्यक्ति वा समूह एक साथ संयुक्त सहयोग दिएर कुनै कार्य गर्नु गठबन्धन हो भनि उल्लेख गरिएको छ । गठबन्धन अस्थायी तथा परिस्थिती अनुसार हुने गर्दछ । फरक विचार भएका समूह मिलेर कार्य गर्दा गठबन्धन गरौं, कतै सकरात्क रुपमा त कतै नकरात्मक रुपमा नेपाली समाजमा यस शब्दको प्रयोग भएको देखिन्छ । सत्ता पक्षिय गठबन्धन, प्रतिपक्षीय गठबन्धन हँुदै चुनाव नजिकिदै जाँदा साना ठूला गठबन्धनहरु प्रसस्त मात्रामा थपिने कुरामा कुनै दुविधा रहदैन । एकातिर यस्ता गठबन्धनहरु सत्ता र शक्तिका लागि नभइ राष्ट्रहितका लागि हुनुपर्ने धारणा विकास भएको देखिन्छ भने अर्को तर्फ विचार मिल्ने समूह मिले धेरै राजनीतिक दल होइन दुई वटा मात्र राजनीतिक दलको आवश्यकता छ नेपालमा भन्ने विचार पनि जनमानसमा सुनिन थालेको छ । यहाँ यसैसंग सम्बन्धित विविध पक्षको बारेमा चर्चा परिचर्चा गर्न खोजिएको छ ।
वि.स. २०७४ मा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस तत्कालिन समयको विष्म परिस्थिततीलाई मध्यनजर गरेर ट्रयाक बाहिर जान लागेको नेपालको राजनीतिलाई लिगमा ल्याउनको लागि नचाहदा नचाहदै काध थाम्नुपर्ने अवस्थाको सिर्जना भएको थियो । देश भित्र राजनीतिक अस्थिरता उत्पन्न हँुदा, बहुमत, दुई तिहाईको सरकारले काम गर्न नसकी विघटन हुँदा हामी हाम्रो बानी व्यवहारलाई होईन एक अर्का लाई दोष दिएर उम्कने प्रयास गर्दछौ । नेपालको राजनीतिक क्षेत्रमा यस विषयले व्यापक प्रशय पाएको देखिन्छ । तत्कालीन नेकपाको दुई तिहाई सरकार र पाटी भित्रको विवाद सिर्जनामा दोष दिने गरिएको विदेशी शक्तिहरुको हात थियो थिएन त्यो समयले देखाउला तर के.पी ओली र प्रचण्ड विचको जुघाको लडाईले सरकारलाई र पाटीलाई ट्रयाकमा हिडालन्न भने सकेको देखिदैन सो अवधिको सरकार हरेक पक्षवाट विवादित भने भएको देखिन्छ । दुई पटकसम्म गरिएको असंवैधानिक किसिमको संसद विघटन र त्यसपछि विकास भएको घटनाक्रमहरुले विकास, सुशाशन र राजनीतिक स्थिरताको परिकल्पनामा बसेका नेपाली जनतामा निरास छाउने काम भनी भएको देखिन्छ । नेकपाको विवादले केन्द्रमा मात्रै अस्थिरता उत्पन्न गराएन यसले प्रदेश प्रदेशमा पनि राजनैतिक अस्थिरता र सरकार विघटन निर्माणको तर· फैलिएको देखिन्छ । यस घटनापछि नेपाली जनतामा प्रदेशको औचित्य माथि नै प्रश्न चिन्ह खडा गरी यसको विघटनको आवाजलाई क्रमश बुलन्द गर्दै लैजान थालेको देखिन्छ । भन्ने गरिन्छ नेपालमा समय समयमा राजनैतिक आन्दोलनहरु भइरहेका छन् अवको आन्दोलन प्रदेश खारेजीका लागि हुनेछ । निश्क्रिय रुपमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसलाई सत्ताको वागडोर सम्मालनुपर्ने कुनै अवस्था र भूमिका पनि थिएन तर श्रृजित बाध्यात्मक अवस्थाले नेपाली काँग्रेसलाई सरकारमा जानुनै पर्ने परिस्थिती निम्तियो । त्यस पछिको समयमा नेपालको राजनीतिमा गठबन्धन शब्दको औपचारिक र व्यवहारिकता पाएको देखिन्छ ।
संसद विघटनलाई रोक्न, मध्यावधी चुनावमा जाने र देश भित्र राजतैतिक अस्थिरता पुनःसिर्जना हुन नदिन गरिएको पाँच दलिए गठबन्धन बाध्यात्मक र राष्ट्रहित केन्द्रीत नै भएको देखिन्छ । तर स्थानीय चुनाव हँुदै संघ प्रदेशकै चुनाव सम्म यसलाई लम्याउँदा भने केहि व्यक्तिगत तथा राजनैतिक स्वार्थ भने लुकेको सजिलै अनुमान गर्न सकिन्छ । लामो समयको ठूला राजनैतिक दल विचको गठबन्धनले राज्यको शासन व्यवस्थाको सञ्चालनमा भने केहि बेथितिलाई भने प्रसय दिने अनुमान गर्न सकिन्छ । पछिल्लो समय महङ्गो नियन्त्रण, सुशासन स्थापित गर्न कतै सरकार फेल खाएको त होईन प्रश्न चिन्ह उत्पन्न गराएको छ । सरकारका अनुगमन र नियन्त्रण प्रणाली असफल जस्तै देखिन्छ । गठबन्धन नेपाल जस्तो देशका लागि लामो समय जानु उपयुक्त होइन की जस्तो आभाष गराएको छ ।
राज्यको विषम परिस्थितिमा बनेको यो गठबन्धनमा केही व्यक्तिगत र दलगत स्वार्थ भने लुकेको देखिन्छ । नेपाली काँग्रेसले गठबन्धनलाई नमान्ने हो भने माओवादी वा कम्युनिष्टहरु विपक्षसंग मिली वि.सं २०७४ को आम निर्वाचनमा जस्तो परिणाम आउने हो की ? भने डर र आशंका छ भने प्रचण्ड र माधव नेपाललाई गठबन्धन नगरे आफ्नो राजनीतिक दलको अस्तित्व नै संकटमा जाने डर रहेको देखिन्छ । देशी विदेशी शक्तिको चाहना गठबन्धन मार्फत के.पी ओली र एमालेलाई साईजमा ल्याउने स्वार्थ रहेको देखिन्छ । गठबन्धन आ–आफ्ना स्वार्थ पूर्तिका लागि हैन राष्ट्रहितमा केन्द्रीत हुनुपर्ने नेपाली जनताको चाहना भने रहेको देखिन्छ । सत्तापक्ष बलियो र प्रतिपक्षको आवाज सानो भएको अवस्थामा विगतमा राष्ट्रियता, अखण्डता र राष्ट्रिय एकतामा आँच आउने गम्भीर कार्य तथा सम्झौताहरु गरेको इतिहास पल्टाउँदा भेटिन्छ । भारत र अमेरिकालाई नरिझाई सत्ता र शक्तिमा जान नसकिने भए र त्रास नेपालका राजनीतिक दलहरुमा पनि रहेको देखिन्छ । माधव नेपाल लगायतका सासदको सासद पद खारेजीका लागि महिनौ संसद बन्द गर्ने नेकपा एमालेले Mcc, नागरिकता विधेक जस्ता विषयमा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुले उल्लेखित कुरालाई प्रमाणित गर्दछ । यी विषयमा सत्ता पक्षसंगै प्रतिपक्षको पनि जनमानसमा आलोचना भएको देखिन्छ ।
फरक राजनैतिक विचार भएका दल विचको गठबन्धनले राष्ट्रहित नै हुन्छ जस्तो अनुमान गर्न नसकिता पनि यर्थाथमा त्यही नै हुनु पर्दछ । गठबन्धनले सरकारलाई विधिको शासन र सुशासन स्थापित गर्न तर्फ लाग्नु पर्दछ । स्वार्थ जे सुकै भएपनि पहिलो स्वार्थ देश विकास नै हुनुपर्दछ । संविधान निमार्णमा र जारी गर्दा, भारतले गरेको नाकाबन्धीको एकजुट भएर सामाना र प्रतिकार गरे जस्तै राष्ट्रहित र राष्ट्रिय एकतालाई दरिलो पारी जनताको जीवनस्तरमा सुधार गर्न, देशमा विकासका क्रियाकलाप सञ्चालन गर्न साना वा ठूला गठबन्धनहरु केन्द्रीत हुनु पर्दछ । कुनै पक्षबाट पनि राष्ट्रलाई अल्पकालिन वा दिर्घकालिन असर पर्ने खालका कार्य गर्न केन्द्रीत हुनुहुदैन । चुनाव नजिकेसँगै साना ठूला अन्य गठबन्धनहरु पनि थपिदै जालान् गठबन्धन गर्ने छुट छ तर गठबन्धनको नाममा राष्ट्रिय हित विपरीत, जनताको भावना माथि खेलवाड गर्ने छुट भने कुनै राजनीतिक दललाई छैन । गठबन्धनको स्वार्थ सत्ता र शक्तिका लागि हैन देश विकासमा हुनुपर्दछ । हामी नेपाली हौ भनेर विश्व सामू छाती फुलाउने वातावरण गठबन्धनले दिनुपर्दछ । जनताले गणतन्त्रमा फेरि अस्थिर राजनीति र सरकार परिवर्तनको खेल देख्न नपाउनु । जुनसुकै उद्देश्यले गरिएका गठवन्धनको एउटै उद्देश्य राष्ट्रहित होस् यही कामना गरौं ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)