Shittalpati
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडानम्बर–२ पल्लिकोटको रातापानी भन्ने स्थानमा लु १ क ४७७१ नम्बरको डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
अनुदानको बीउ किसानलाई महँगोमा
अनुदानको बीउ किसानलाई महँगोमा रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो ।
मिडियाका कर्मचारी तान्दै पाल्पाका सहकारी
मिडियाका कर्मचारी तान्दै पाल्पाका सहकारी जिल्लाका गैरसरकारी र सहकारी संस्थाहरुले कर्मचारी भर्नामा चलाखी गरेको पाइएको छ । यहाँका केही प्रतिष्ठित कार्यालयहरुमा काम गरेर अनुभव संगालेका कर्मचारीहरुलाई नो अब्जेक्सन लेटर विना नै ति संस्थाहरुले भर्ना गर्ने गरेको पाइएको हो ।
लुम्बिनी जनरलको आवेदन समय आज सकिदै
लुम्बिनी जनरलको आवेदन समय आज सकिदै कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने समय आज सकिन लागेको छ । बैंकले उक्त इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको थियो । उक्त समय शुक्रबार सकिन लागेको हो ।
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो गुल्मीको मुसिकोट नगरपालिका–३ मा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको छ । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेर आज विहान ज्यान गएको वडा अध्यक्ष शंकर रायमाझीले बताए ।
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’ पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी स्वास्थकर्मी हुन् । उनी पेशाबाट सामाजिक र राजनीतिक क्षेत्रमा लागेका हुन् । नेकपा एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका उनी बैशाख ३० गते भएको स्थानीयत तहको निर्वाचनबाट निर्वाचित भए ।
‘बाबुदाइ’ होटल व्यवसायी हुँदै वडाध्यक्षसम्म
‘बाबुदाइ’ होटल व्यवसायी हुँदै वडाध्यक्षसम्म तानसेनको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा सुपरिचित नाम हो बाबुरत्न शाक्य अर्थात् ‘बाबुदाइ’ । उनलाई सबैले ‘बाबुदाइ’ नामले चिन्ने गर्दछन् । साना हुन वा ठूला सबैका ‘बाबुदाइ’नामले परिचित उनी तानसेनको टक्सारटोलमा २०२६ साल वैशाख २८ गते बुबा शिवरत्न शाक्य र आमा चन्द्रकुमारी शाक्यको सुपुत्रको रुपमा जन्मिएका हुन् ।
रेसुंगा नगर सरकारको पहिलो निर्णय,डायलसिस सेवा सञ्चालन गर्ने
रेसुंगा नगर सरकारको पहिलो निर्णय,डायलसिस सेवा सञ्चालन गर्ने गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामै पहिलो पटक डायलसिस मेसिन खरिद गरि गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मृगौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै बिरामीहरुको सहजताका लागि जिल्लामै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको बताए ।
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
चट्याङ लागेर दुई भैँसी मरे
चट्याङ लागेर दुई भैँसी मरे गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए ।
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल पहिलो पाँच वर्ष सकिएसँगै जिल्लाको तिनाउ गाउँपालिकाले आवाधिक योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । पालिकाको सक्रियता र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा पाँच वर्षे आवधिक योजना निर्माणका लागि मसौदा माथि छलफल भएको हो ।
Weather Update