Shittalpati
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।
सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार दुई सय छ संक्रमित निको भए पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको...
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य एमालेले मात्रै राख्न सक्ने बताएका छन् । पाल्पाको तानसेनमा भएका विभिन्न कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमालेसँग एक्लै चुनावमा लड्ने आँट र सामथ्र्य रहेको बताएका हुन् ।
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक गुल्मीको रेसुङ्गा नगरपालिका ४ जोगिथुममा रहेको जोगिथुम भगवतीको मन्दिर निर्माण आकर्षक बनेको छ । दुई सय वर्ष पुरानो मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको हो । रेसुङ्गा नगरपालिकाको ४४ लाख १९ हजार ६ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको छ ।
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड आर्थिक संकटमा परेको जिल्लाकोसबै भन्दा पुरानो रेसुङ्गा बहुमुखी क्याम्पसलाई स्थानीय सरकारले एक करोड दिने भएको छ । आर्थिक संकटमा परेको क्याम्पसलाई केही भएर पनि राहत दिने गरी रेसुङ्गा नगर सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको हो ।
तानसेनको कला संस्कृतिको जर्गेनामा जुट्यो देउराली प्रतिष्ठान
तानसेनको कला संस्कृतिको जर्गेनामा जुट्यो देउराली प्रतिष्ठान तानसेनको कला संस्कृतिको रक्षा तथा जर्गेना गर्न देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले सक्रियता देखाएको छ । पछिल्लो समय मौलिक कला संस्कृति लोप हुँदै गईरहेको समयमा प्रतिष्ठानले विगत केही बर्ष देखी नै तानसेनको मौलिक कला संस्कृति जर्गेनामा सक्रियता देखाउदै आएको हो ।
पाल्पामा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
पाल्पामा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएसँगै पाल्पाका राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार सिफारिस गरेको छ ।
लिङ्देनले दिए सांसदबाट राजीनामा
लिङ्देनले दिए सांसदबाट राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङमा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी आर्यभञ्ज्याङले विभिन्न प्रकारको तीन बोरा अवैध कपडा बरामद गरेको हो ।
राष्ट्रिय प्रतियोगिताका लागि पाल्पाबाट आई.टि.एफका खेलाडी छनोट
राष्ट्रिय प्रतियोगिताका लागि पाल्पाबाट आई.टि.एफका खेलाडी छनोट पाल्पा आई.टि.एफ् तेक्वाण्डोबाट राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट भएका छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघले २३ खेलाडी छनोट गरेको हो । जिल्लाका १३ डोजाङ्गबाट ढेड सय बढी खेलाडीहरु बिच भएको प्रतिस्पर्धामा २३ खेलाडी छनोट भएको संघका अध्यक्ष निर बहादुर सारुले बताए ।
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली नेकपा एमालेका उप–महासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अब को को प्रधामन्त्री बन्ने भन्ने मै व्यस्त रहेको बताएका छन् । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै एमाले उप–महासचिव ज्ञवालीले गठबन्धनका नेताहरु देश बनाउने भन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनिङ्ग गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको...
Weather Update