रेसुङ्गाले माग्यो नीति तथा कार्यक्रमलाई सुझाव
बुधबार, असार ८, २०७९

जग्गा धितो राखेर ऋण पाउन सकिने
बुधबार, असार ८, २०७९
जग्गा धितो राखि ऋण प्रवाह गर्न सकिने भएको छ । सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सकिने भएको हो ।

शीत काव्य परिकल्पना दोस्रो वर्षमा, दुई कृति लोकार्पण
मंगलबार, असार ७, २०७९
शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको थियो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । सोही अवसरमा समाजले दुई वटा कृति समेत लोकार्पण गरेको छ ।
.jpg)
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा
मंगलबार, असार ७, २०७९
लामो समय सञ्चारकर्ममा लागेका रवि लामिछाने राजनीतिमा प्रवेश गरेका छन् । उनले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमार्फत सञ्चारकर्मम छाडेर राजनीतिमा प्रवेश गरेको बताएका थिए ।

बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार
मंगलबार, असार ७, २०७९
संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइसक्नु पर्ने संवैधानिक बाध्यता भएकाले पनि स्थानीय तहहरु त्यसको तयारीमा दिन रात खटेका छन् । स्थानीय तहले १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् ।

आर्थिक विधेयक बहुमतले पारित
मंगलबार, असार ७, २०७९
प्रतिनिधिसभाको सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघिको छलफलमा सांसदहरुले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
सोमबार, असार ६, २०७९
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको तेस्रो अधिवेशनले नयाँ चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

सार्वजनिक सवारीको भाडामा भारी वृद्धि, कहाँ जान कति ?
सोमबार, असार ६, २०७९
यातायात व्यवस्था विभागले सार्वजनिक गाडी भाडामा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

आफैंले खोलेको स्कूलमा प्रअदेखि अध्यक्षसम्म
सोमबार, असार ६, २०७९
गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए ।

यौनिक अल्पसंख्यक र अपाङ्गताबारे बुझ्दै परिवार नियोजन संघ
सोमबार, असार ६, २०७९
जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपा·ता र अन्य समुदायका नागरिकहरुको विषयमा बुझ्ने काम गरेको छ । संघले यौनिक अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीन, एचआइभी संक्रमितहरुले भोग्नु परेको समस्या, गुनास र अपेक्षाका विषयमा बुझ्ने प्रयास गरेको हो ।
बगनासकालीका जनप्रतिनिधिले लिए गतिविधिको जानकारी
सोमबार, असार ६, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पालिकाका कर्मचारीहरुसँग चालु आर्थिक वर्षमा भए गरेका गतिविधिहरुको जानकारी लिएका छन् । नव निर्वाचित जनप्रतिनिधीहरुले जेठ मसान्तसम्म भएका काम गतिविधी, आम्दानी खर्च, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पुर्वाधार, राजश्व, कृषि, पशु, लगायतका विषयमा कर्मचारीहरुंसँग जानकारी लिएका हुन ।