नेपाल एसबिआई बैंकको धनवृद्धि योजना
शनिबार, असार ११, २०७९
.jpg)
९० वर्षीय वृद्ध मृत भेटिए
शुक्रबार, असार १०, २०७९
जिल्लाको सत्यवती गाउँपालिकामा ९० वर्षीय वृद्ध मृता अस्थामा भेटिएका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोताका नरहरि भण्डारी वडा नंं. –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत भेटिएका हुन् ।
.jpg)
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’
शुक्रबार, असार १०, २०७९
स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रको चिरपरिचित नाम हो नारायण बहादुर कार्की । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी डवकाका कार्की २०७९ सालको स्थानीयतह निर्वाचनमा रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका कार्की, विभिन्न व्यवसाय गर्दै पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा प्रवेश गरेका छन् ।

कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै
शुक्रबार, असार १०, २०७९
कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । बैंकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त ग्राहकलाई सुविधा दिने गरी भिसा इन्टरनेशनलसँग सहकार्य गरेको हो ।

एमालेको बैठक तिनाउको सत्यवतीमा
बिहीबार, असार ९, २०७९
नेकपा एमाले तिनाउ गाउँ कमिटी वडा नंं ४ को सत्यवतीमा पार्टी बैठक भएको छ । बैठकले असार मसान्त भित्र पार्टी सदस्य नविकरण गर्ने र श्रावण महिनामा पार्टी कार्यकर्ताबिच प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्यण गरेको छ ।

आजदेखि बालबालिकालाई खोप
बिहीबार, असार ९, २०७९
पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आजदेखि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ ।
.jpg)
विद्युत् महसुलमा उपभोक्तालाई छुट
बिहीबार, असार ९, २०७९
विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो ।
३६ वर्षपछि कुलोमा पानी
बिहीबार, असार ९, २०७९
आयोजना सञ्चालन भएको ३६ वर्षपछि कुलोमा पानी पुगेको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचलमा २०४३ सालमा कचल फाँटमा सिचाई आयोजनको काम सुरु भए पनि बजेट अभाव र भौगोलिक कठीनाईका कारण अलपत्र परेको आयोजना ३६ वर्षपछि सञ्चालनमा आएको हो ।

भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग र प्रयोगशाला सेवा
बिहीबार, असार ९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवाको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले शुभारम्भ गरेका छन् ।
.jpg)
रविको पार्टीविरुद्ध उजुरी
बुधबार, असार ८, २०७९
रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले निर्वाचन आयोगमा दुई छुट्टा–छुट्टै उजुरी दिएका छन् ।