लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट : यी क्षेत्रमा जुट्यो सहमति
बिहीबार, भदौ ३०, २०७९
राष्ट्रियसभा : दुई विधेयक पारित
बिहीबार, भदौ ३०, २०७९
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ
बिहीबार, भदौ ३०, २०७९
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने ब्यक्ति पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने तीन जना पक्राउ परेका हुन् । प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जना र भाँडा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चारीको आरोपमा प्रहरीले बाग्लुङ बडिगाड गाउँपालिका– १० का हाल रुपन्देहीको कञ्चन गाउँपालिका–१...
बच्चा चोरको अफवाह
बिहीबार, भदौ ३०, २०७९
गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका...
पाल्पामा सरकारी निकायहरुको वार्षिक प्रगति समीक्षा
बिहीबार, भदौ ३०, २०७९
जिल्लाका स्थानीय सरकार र सरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा भएको छ । जिल्ला समन्वय पाल्पाको आयोजनामा जिल्लाका दश स्थानीय तह, प्रदेश र संघीय सरकार अन्तर्गत विकास निर्माण कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठी भएको हो । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा स्थानीय सरकारका प्रमुख प्रशासकिय अधिकृत र सरकारी कार्यालयका प्रमुखहरुले...
दुर्गममा वडाको सम्पर्क कार्यालय
बिहीबार, भदौ ३०, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिका भित्रपर्ने दुर्गम क्षेत्रमा वडा कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । यहाँको सबै भन्दा दुर्गम रहेको रेसुङ्गा नगरपालिका–४ मा वडाको सम्पर्क कार्यालय खोलिएको हो । पराल्मीको डाँडापोखरीमा वडा कार्यालय रहे पनि रातामाटाका नागरिकलाई भौगोलिक रुपमा कठिनाई भएकाले रातामाटाको एक कोतघर वडाको समपर्क कार्यालय खोलिएको नगरपालिकाले जनाएको छ ।
दराजको दसैं धमाका
बिहीबार, भदौ ३०, २०७९
अनलाइन बजार दराजले दसैं धमका योजना ल्याएको छ । उसले आफ्नो ग्राहकहरुलाई लक्षित गरी वार्षिक दसैँ धमाका योजना ल्याएको हो । यो योजनामा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, रु.२ हजार ५ सय सम्मको प्रीपेमेन्ट छुट, रु.दश हजारसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई...
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
बुधबार, भदौ २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए ।
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’
बुधबार, भदौ २९, २०७९
कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ...
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’
बुधबार, भदौ २९, २०७९
साहित्यकार तथा गीतकार श्रीराम राईले दोस्रो गीत ‘हाँसो छ कि रोदन’ ल्याएका छन् । ६ मिनेट अडियो रहेको गीत ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । श्रीराम राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । गीतमा स्वर दिएकी मनमाबी खोटाङकी नवोदीयमान गायिका हुन् ।
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र
बुधबार, भदौ २९, २०७९
अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उनकै घरममा गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले...
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार
बुधबार, भदौ २९, २०७९
मेगा बैंक नेपाल लिमिटेडले जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोटमा सेवा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच पुर्याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् ।
मतपत्र छपाइको प्रक्रिया सुरु
मंगलबार, भदौ २८, २०७९
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।


