तिनाउमा पुरुष मृत अवस्थामा भेटिए
बुधबार, असार १५, २०७९

पुष्पलाल स्मृति र प्रतिष्ठान नेपाल
बुधबार, असार १५, २०७९
वाम तथा लोकतन्त्रका मूर्धन्य व्यक्तित्व पुष्पलालप्रति उनको योगदानका कारण सबै कम्युनिष्ट घटक मात्र होइन् प्रजातन्त्रवादी खेमासमेत नतमस्तक हुन्छन् । नेपालकै तेस्रो नगरपालिकाको पहिचान बनाएको तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्थायी गराउने मुख्य उद्देश्यले उहाँको स्मृतिमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समावेशी, साझास्वरुपसहित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता...
रोपाइँमा गुञ्जिन छाडे ‘असारे भाका’
बुधबार, असार १५, २०७९
गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागि रहरको विषय पनि हो । यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गरेको गुल्मीको इस्मा गाउँपालिका २ का ९५ वर्षीय देवबहादुर पाण्डेलाई याद आउँछ ।

पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
बुधबार, असार १५, २०७९
पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टड्ढनाथ खनाल र उपप्रमुख काशिका गैरेले गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।

महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी
बुधबार, असार १५, २०७९
बहुप्रतिक्षित कम्पनी महिन्द्राले नयाँ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिन ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ मोडलको गाडी बजारमा ल्याएको हो ।

मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद
बुधबार, असार १५, २०७९
जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा अन्तरसंवाद गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले मंगलबार तानसेनमा भण्डारीको जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो ।

वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु
मंगलबार, असार १४, २०७९
वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

रोजगार गुमाएका युवालाई उद्यममा
मंगलबार, असार १४, २०७९
अवसर र रोजगारी अहिले निकै बहसका विषय बनेका छन् । महामारीको रूपमा फैलिएको कोभिडले त झन् नेपालजस्ता देशका लागि यि विषय चुनौतीका रुपमा देखा परेका छन् । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण विदेशिएका युवा कोभिडका कारण अहिले घरमै बेरोजगार बनेर बसेको अवस्था छ ।

आजदेखि मनुसन थप सक्रिय हुने
मंगलबार, असार १४, २०७९
आजदेखि मनुसन थप सक्रिय हुने भएको छ । बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो ।
.jpg)
नवनियुक्त मन्त्रीले लिए शपथ
सोमबार, असार १३, २०७९
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एकीकृत समाजवादीबाट नियुक्त भएका पाँच जना मध्ये चार जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सोमबार, असार १३, २०७९
यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।