Shittalpati
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।
पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो
पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद...
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
अछाम पहिरो :  मृतकको संख्या २२ पुग्यो
अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन् पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दसैंका लागि टिकट बुकिङ खुला
दसैंका लागि टिकट बुकिङ खुला सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो  । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ ...
जजिराको भैरहवा–कुवेत दैनिक उडान
जजिराको भैरहवा–कुवेत दैनिक उडान जजिरा एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । जजिरा शुक्रबारदेखि कुवेतमा नियमित रुपमा उडान सुरु गरेको हो ।
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो ।
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा तीन दिनदेखिको लगातारको वर्षका कारण ठूलो जनधनको क्षति पुुगेको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले वितण्डा मच्याएको छ । शनिबार अछाम, कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला लगायतका स्थानमा बाढी, पहिरोले ठूलो जनधनको क्षति प¥याएको हो ।
रामपुरमा अवैध संरचना हटाइँदै
रामपुरमा अवैध संरचना हटाइँदै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
विश्वकर्मा पूजा र विभेद
विश्वकर्मा पूजा र विभेद हरेक चाडपर्वको आ–आफ्नै महिमा र विशेषता रहेको हुन्छ । अन्य चाडपर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व र महिमा रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी...
विश्वकर्मा पूजा गरिदैं
विश्वकर्मा पूजा गरिदैं
Weather Update