प्रहरीको स्रोत गलत भएपछि... !
बुधबार, साउन ४, २०७९

सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो
बुधबार, साउन ४, २०७९
रुपन्देहीमा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथाङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ ।

बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु
बुधबार, साउन ४, २०७९
बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा १२ सहितका केही वडामा लगत संकलन थालिएको हो । लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

एलएमसीले गर्यो स्वास्थ्य बिमाको उपचार बन्द
मंगलबार, साउन ३, २०७९
तानसेनको प्रभासमा सञ्चालित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै अस्पतालले सेवा...
.jpg)
बिर्सिंदै ‘लुतो फाल्ने’ संस्कृति, छैन नयाँ पुस्तामा चासो
मंगलबार, साउन ३, २०७९
‘‘मेरो लुतो लैजा’ भन्दै आँगोको राँको फाल्ने गरेको सम्झना गुल्मी इस्माका ९८ वर्षीय देवबहादुर पाण्डेलाई अहिले पनि ताजै छ । लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता वनस्पतिहरु खोजेर ल्याइन्थ्यो र घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर ति वनस्पती राखिन्थ्यो, साँझा घर छेउबाट आगाको...

गुल्मीको रेसुङ्गामा साउने मेला
मंगलबार, साउन ३, २०७९
जिल्लाको धार्मिक स्थल रेसुङ्गामा हरेक वर्ष जस्तै यस वर्ष पनि साउने मेला लागेको छ । साउन महिनाभर यहाँ विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप गर्ने गरिन्छ । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत...

मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची
मंगलबार, साउन ३, २०७९
मुद्रण उद्योग संघ रुपन्देहीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले वर्तमान बजारको अवस्थालाई मध्यनजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।

सेयर बजारमा लगातार वृद्धि
मंगलबार, साउन ३, २०७९
पछिल्लो ६ दिन यता लगातार सेयर बजारमा वृद्धि भएको छ । सेयर कारोबार भएको आइतबार, शुक्रबार, बिहीबार, बुधबार, मंगलबार र सोमबार परिसूचक नेप्सेमा वृद्धि भएको हो । आइतबार १.९, शुक्रबार ७.९, बिहीबार १४.७, बुधबार ५९.५४, मंगलबार ११.६८ र साउन २ गते सोमबार १८ अंकले बढेको छ ।

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गयो
सोमबार, साउन २, २०७९
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशको रोल्पा, कपिलवस्तु, दाङ, रूपन्देही र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको हो ।

तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी
सोमबार, साउन २, २०७९
जिल्लाको तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी भएको छ । तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकमा गाडीबाट पिसाव फेर्न झरेका पूर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मीको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार ३६ वर्षीय सुमन पन्थ सहित २ जनालाई अपरिचित व्यक्तिले लुटपाट गरी नगद चोरी गरेका हुन् ।

गुल्मीका स्थानीय सरकारले गरे कानुनविपरीत ३१ करोड बढी खर्च
सोमबार, साउन २, २०७९
गुल्मीका स्थानीय तहहरूमा बढ्दो आर्थिक अनुशासनहीनता र बेथितिका कारण बेरुजु फछ्र्याेटमा उल्लेख्य सुधार हुन सकेको छैन । यहाँका स्थानीय तहहरुले आर्थिक बर्ष २०७७/०७८ मा ३१ करोड बढी कानुनविपरीत खर्च गरेका छन् । यहाँका दुई नगरपालिका र दश गाउँपालिकाले कानुनको उल्लंघन गर्दै ३१ करोड ५१ लाख १ हजार अनियमित खर्च गरेका...

उपभोक्तालाई सहुलियतमा खानेपानी
सोमबार, साउन २, २०७९
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।