स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
शुक्रबार, साउन ६, २०७९

शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण
शुक्रबार, साउन ६, २०७९
पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
शुक्रबार, साउन ६, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।

लघुजलविद्युतमा करोडौं लगानी खेर
शुक्रबार, साउन ६, २०७९
मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । जैमिनी नगरपालिका ४, ९ र १० मा रहेका सात लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई एकै ठाउँबाट राष्ट्रिय प्रसारणमा दिन विसं २०६७ मा मिनिग्रिड बनाइएको थियो ।

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित
शुक्रबार, साउन ६, २०७९
मुक्तिनाथ विकास बैंक द बिज अवार्ड २०२२ बाट सम्मानित भएको छ । वल्र्ड कन्फेडेरसन अफ बिजनेस (वल्र्डकोब) द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स् अवार्ड पाउन बैंक सफल भएको हो ।

थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, साउन ५, २०७९
देशभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
बिहीबार, साउन ५, २०७९
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । गल्याङ–६ पेलाकोटस्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।

‘पानी पर्यो कि निन्द्रै लाग्दैन’
बिहीबार, साउन ५, २०७९
वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन । तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । पाल्पाको तिनाउ गाउँपालिका–२ को पासकुण्डका अधिकांश स्थानीयहरुलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । बर्खाको समयमा माथिबाट बग्ने भलका कारण घर नै...

लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
बिहीबार, साउन ५, २०७९
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् । लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को...

गुल्मीमा मतदाता नामावलीमा नाम दर्ता
बिहीबार, साउन ५, २०७९
गुल्मीमा हालसम्म तीन हजार ७ सय ४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन् । गत असार १ गतेदेखि हालससम्म एक हजार ७ सय ५७ महिला र एक हजार ९ सय ८५ पुरुषले नाम दर्ता गराएका हुन । जसमध्ये बाहिरी जिल्लाको लागि गुल्मीबाट २८ पुरुष र १८ महिला गरी...

संघीयता माथि उब्जिएका प्रश्न
बिहीबार, साउन ५, २०७९
“संघीयता आएर के भो र काठमाडौंमा पानी पर्यो भने यहाँ छाता ओड्नु पर्दछ । एउटा सानो कामका लागि पनि काठमाडौं जानु नै परेको छ । यो त राजनीतिक दलका कार्यकर्ताको रोजगारीका लागि मात्रै रहेछ क्या बावु ।” आजभोलि अर्थतन्त्रमा समस्या देखिएर हो या मूल्यस्तरमा आएको वृद्धिका कारण या आजभोली संघीयताको...

नेपाली छड भारत निर्यात
बिहीबार, साउन ५, २०७९
नेपाली सिमेन्ट भारत निर्यात गरेको नेपालले पुनः नेपाली छड पनि भारत निर्यात गरेको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे छड बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।