Shittalpati
गुल्मीमा कहाँबाट को उम्मेदवार ?

पाल्पा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ ज्ञवाली र भण्डारी बिच मुुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा गठबन्धनबाट माओवादीका सुदर्शन बराल र एमालेका चिन्तामणि पाण्डेय (ख) मा कांग्रेसका धनेन्द्रबहादुर कार्की र फर्शुराम पाण्डेयले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उता क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका छन् । २०५६ को निर्वाचनदेखि गुल्मी–२ बाट विष्ट एमालेको उम्मेदवार बन्दै आएका छन् । उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए । झाँक्री भने पहिलोपटक चुनावी मैदानमा छन् । झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् । यहाँ विष्ट दुई दशकदेखिका जनप्रतिनिधी भएको र झाँक्रीलाई कांग्रेस, माओवादी केन्द्रसमेतको समर्थनमा उम्मेदवार भएकाले चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ । यस्तै यहाँको प्रदेश (क) मा एमालेका डिल्लीराज भुसाल र कांग्रेसका भुवनप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश (ख) मा एमालेका दिनेश पन्थी र माओवादीका बुद्धि जिसीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update