Shittalpati
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै

पाल्पा, आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।

विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संगठनले जनाएको छ । बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव लगायत समस्याले नेपालमा पनि मानसिक रोगीको संख्या हरेक वर्ष बढ्दै गएको चिकित्सकले बताएका छन् । मानसिक समस्या खतरनाक हुने भएकाले बेलेमै उपचार गर्न र समस्यामा परेकालाई राम्रो व्यवहार देखाउन चिकित्सकले आग्रह गरेका छन् । चिकित्सकले मानसिक समस्याको उपचारमा ध्यान नदिँदा धेरैले ज्यान गुमाउने गरेकाले बेलैमा सचेत हुन समेत सुुझाव दिएका छन् । स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई स्वास्थ्य कार्यक्रमभित्रै पनि जनस्वास्थ्यसँग समाहित गरिएको छैन । मानसिक रोगको आकलन, बिमारी र तिनका अभिभावकलाई सहजीकरण र भरथेग गर्ने, उपचार गर्ने जनशक्ति तथा समाजिक सेवाकर्ता अत्यन्तै कम छन् ।

संयुक्त राष्ट्रसंघले यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाका बारेमा चेतना जगाउने काम गरेको दाबी गरिरहेको छ । मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १ सय ५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो दिवस मनाउँदै आएका छन् । मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या, उपचारात्मक, प्रतिरोधात्मक तरिका, संवेदनात्मक सहयोग, प्राथमिक उपचारका बारेमा जनचेतना फैलाउनका लागि सोमबार यो दिवस मनाईदै छ । हिलेको अवस्थामा कोभिड–१९ महामारीले थप मानसिक समस्या, नकारात्मक सोच र निराशावादी सोचको सिर्जना गरेकाले मानसिक स्वास्थ दिवसको महत्व अझ बढेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update