कृष्ण पोखरेल
पाल्पा, आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको छ । पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधी सभा सदस्य १ सिटको लागि १० जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पाल्पा क्षेत्र नंं २ मा प्रतिनिधी सभा सदस्यमा १४ जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं २ (क) मा ७ जना, २ (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका छन् ।
पाल्पा क्षेत्र नंं १ प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्रबाट विपिन कडेल, नारायण न्यौपाने, डोल राज तिमिल्सीना, राजु सुनारले मनोनयन दर्ता गरेका छन् । मंगोल नेशनल अर्गनाईजेशनबाट थमन बहादुर बुढामगर, राप्रपाबाट ज्ञान बहादुर सिंजाली, नेकपा एमालेबाट नारायण प्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका उजिर सिंह दर्लामी, गबठन्धनबाट नेपाली काँग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, जनता समाजवादी पार्टी मेयरमान रानाले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी क्षेत्र नंं १ (क) प्रदेश सभाको लागि मंगोल नेशनलबाट अर्गनाईजेशनबाट पूर्ण बहादुर रुचाल, नेकपा एमालेबाट राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेसबाट श्यामकान्त खनाल, राप्रपा बाट डुल बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टी बाट भिमसेन सुनारी मगरले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नंं १ (ख) प्रदेश सभाका लागि मंगोल नेशनल अर्गनाईजेशनबाट लाल बहादुर दर्लामी, राप्रपाबाट लक्ष्मण प्रसाद पंगेनी, नेकपा एमालेबाट खेम बहादुर सारु, नेपाली काँग्रेसबाट शंकर प्रसाद खनाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर रानाले मनोनयन दर्ता गरेको पाल्पा निर्वाचन क्षेत्र नंं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नंं २ प्रतिनिधी सभा सदस्यमा स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, जीवलाल सुवेदी, केशर बहादुर आले, जनमत पार्टी नेपालबाट देव बहादुर हिस्की , राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम प्रसाद गैरे, नेपाल आमा पार्टीबाट तारा प्रसाद खत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट मन बहादुर दर्लामी, जनता समाजवादी पार्टीबाट दुरपता सोमै, नेपाल मजदुर किसान पार्टीबाट शिव सुन्दर दुख्या, राष्ट्रिय जनमुक्ति पार्टी बाट हुम बहादुर थापा मगर, राप्रपाबाट भोजिन्द्र बहादुर के.सी, नेकपा एमालेबाट ठाकुर गैरे र नेकपा एकिकृत समाजवादीबाट सोम प्रसाद पाण्डे राप्रपा नेपालबाट खडानन्द गैरेले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी पाल्पा क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा जसपाबाट खिक बहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना, राप्रपाबाट राजु गैरे, नेकपा एमालेबाट पर्सुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारी, नेपाली काँग्रेसबाट विर बहादुर रानाले मनोनयन दर्ता गरेका छन् । यसैगरी पाल्पा क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट बसन्त घर्ती, नेकपा एमालेबाट ओम बहादुर घर्ती, राप्रपाबाट चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट इन्द्र अस्लामी नेशनल मंगोल अर्गनाइजेशनबाट शिव बहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनय दर्ता गरेका छन् ।