साँघुरो भवनबाट सेवा दिदै आएको रामपुर अस्पतालले पायो नयाँ भवन
सोमबार, साउन २३, २०७९

पिपुल्स पावरले आईपीओ निष्कासन गर्दै
सोमबार, साउन २३, २०७९
पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीयो निष्कासन गर्न थालेको छ । कम्पनीले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।

किन हुन्छ सरकार र राजनीतिक दलप्रति आलोचना ?
सोमबार, साउन २३, २०७९
‘विकास नभएको त होइन है बावु, गाउँ गाँउमा मटर बाटो पुगेकै छ । उपचार नपाएर मर्न पर्ने अवस्था अहिले छैन । सरकारले स्वास्थय बिमा गरिदिएको छ । हामी काम गर्न नसक्ने उमेरका लागि त झनै राम्रो पो गरेको छ त, भत्ताको व्यवस्था गरेको छ दुई चार पैसाका लागि कसैको मुख...

मेगा बैंकले दियो अनाथ बालिबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री
आइतबार, साउन २२, २०७९
मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अनाथ/बेसहारा बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तानसेनमा रहेको अभियान नेपालको सिलोम आवसीय बाल गृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
आइतबार, साउन २२, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।

पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो : तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट
आइतबार, साउन २२, २०७९
पछिल्लो तीन वर्ष यता जिल्ला प्रहरी कार्यालय पाल्पामा अपराधिक मुद्दा दर्ताको संख्यामा कमी हुँदै गएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको तथ्याङ्कलाई हेर्दा यहाँ मुद्दा दर्ता घट्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयमा यो समयमा विभिन्न प्रकृतिका ७ सय ७७ मुद्दा दर्ता भएका छन् ।

स्याङ्जामा एक वर्षमा ४ सय ६१ सम्बन्धविच्छेदका मुद्दा
आइतबार, साउन २२, २०७९
स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् । जिल्ला अदालतको श्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्यौट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा...

श्रीनगर यातायातका चालकलाई सचेतना
आइतबार, साउन २२, २०७९
जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिन थालिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा लि अन्तर्गतका सवारीचालकलाई सचेतना सम्बन्धी तालिम दिइएको हो ।

बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने
आइतबार, साउन २२, २०७९
बैंकहरू तत्काल निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनको लागि निर्देशिका जारी गर्दै निक्षेपको ब्याजदर बढाउनुपर्ने बताए पनि बैंकहरु तत्काल व्याजदर नबढाउने पक्षमा देखिएका हुन् । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने बताएको छ ।

रामपुरमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गयो
शनिबार, साउन २१, २०७९
जिल्लाको रामपुर नगरपालिका–५, सानीअमराईमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गएको छ । शुक्रबार साँझ कालिआँपबाट रामपुर बेझाँडतर्फ आउदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विरीत दिशाबाट जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो एक आपसमा ठोक्किदा अटो चालक निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको...

ब्याजदर बढाउन बैंकहरुलाई बाटो खुला
शनिबार, साउन २१, २०७९
बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर बढाउन बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको घोषणा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर बढाउन सक्ने बाटो खुला गरेको हो ।

सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने
शनिबार, साउन २१, २०७९
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेको पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि तालमेल गर्ने भएका छन् ।