परम्परागत आरन बन्न थाले घरेलु उद्योग
शुक्रबार, कात्तिक ४, २०७९
तानसेन नगर सरकारद्वारा रेडक्रसलाई एम्बुलेन्स
शुक्रबार, कात्तिक ४, २०७९
तानसेन नगर सरकारले नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखालाई वि ग्रेटको एम्बुलेन्स दिएको छ । नगरवासीको सेवा सुविधाको लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रस पाल्पाको ४० प्रतिशत लगानीमा खरिद गरिएको एम्बुलेन्स नगर सरकारले रेडक्रसलाई दिएको हो ।
गुल्मीका कार्यालयमा छड्के
शुक्रबार, कात्तिक ४, २०७९
जिल्लाका सरकारी कार्यालयहरुमा छड्के अनुुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयलहरुमा छड्के अनुुगमन गरेको हो । जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलीले कार्यालयमा छड्के गरेको छ ।
तिहार लक्षित नेपाली फिल्म
बिहीबार, कात्तिक ३, २०७९
चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन् ।
माधवकुमार नेपाललाई स्पष्टीकरण
बिहीबार, कात्तिक ३, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
भिरबाट लडेर वृद्धको मृत्यु
बिहीबार, कात्तिक ३, २०७९
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
पाल्पाका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त
बिहीबार, कात्तिक ३, २०७९
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन प्रचार–प्रसारको तालिका बनाएर मतदाताको घरदैलोमा भोट मागिरहेका छन् ।
रामपुर नहर बन्द हुँदा धानबालीमा असर
बिहीबार, कात्तिक ३, २०७९
पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पुर्याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन...
भाइटीकाको साइत ११ः३७ बजे
बिहीबार, कात्तिक ३, २०७९
यस वर्षको भाइ टिका कार्तिक १० गते बिहीबार परेको छ । यसदिन साइत जुराएर टिका लगाउनेहरुका लागि विहान ११ः३७ बजे शुभसाइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गर्दै भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जनाएको छ ।
उम्मेदवारको खर्च सीमा
बिहीबार, कात्तिक ३, २०७९
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवार र राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा जुटेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि विभिन्न आचरसंहिता र सीमाहरु तोकेको छ ।
बझाङमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु
बुधबार, कात्तिक २, २०७९
बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।
नेपालमा भूकम्पको झट्का महशुस
बुधबार, कात्तिक २, २०७९
नेपालमा भूकम्पको झट्का महसुस गरिएको छ । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको जट्का महसुस गरिएको छ । भूकम्पको इपिसेन्टर कहाँ हो जानकारी नआइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
बुधबार, कात्तिक २, २०७९
निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा निर्धारण गरेको हो ।


