नवजनचेतना राष्ट्रिय दैनिक २०८२ वैशाख ५ गते शुक्रबार
शुक्रबार, वैशाख ५, २०८२
सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन्
बिहीबार, वैशाख ४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए ।
गुल्मीमा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ
बिहीबार, वैशाख ४, २०८२
२४ वर्ष फरार तिलबहादुर विकलाइ प्रहरीले ०८१ चैत २९ गते पक्राउ गरेर अदालत पेस गरेको छ । कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र रु.१,५००/– रुपियाँ जरिवानाको फैसला गरेको थियो ।
विद्युत सर्टबाट गोठमा आगलागी
बिहीबार, वैशाख ४, २०८२
रूपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित आमा गाउँमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार राति भएको उक्त आगलागीले स्थानीय सुदामा चाईको गोठलाई पूर्णरूपमा क्षति पुर्याएको हो ।
पाल्पाका पर्यटकीय स्थलहरुमा भिड
बुधबार, वैशाख ३, २०८२
नयाँ वर्षका अवसरमा पाल्पाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक पर्यटकको भिड लागेको छ । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्दका लागि घुम्न आउने तथा नदीहरुमा स्नान गर्न आउने आन्तरिक तथा बाÞय पर्यटकहरुले नयाँ वर्षको पहिलो दिन ति क्षेत्रहरुमा विहानैदेखि भिड लागेको थियो ।
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श
आइतबार, चैत ३१, २०८१
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को तानसेनमा विमर्श गरिएको छ । साहित्यकार भागवत खनालद्वारा लिखित सङ्ग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमर्श गरिएको हो ।
नेपाली सेनाले सुरु गर्यो तेस्रो गोरखा–जितगढी पदयात्रा
बिहीबार, चैत २८, २०८१
नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।
‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’
मंगलबार, चैत २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।


