कालीगण्डकी नदीमा भारतीय युुवक मृत भेटिए
आइतबार, चैत १०, २०८१
आज विश्व मौसम दिवस नेपालमा पनि मनाइँदै
आइतबार, चैत १०, २०८१
आज विश्व मौसम विज्ञान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको...
आज राष्ट्रियसभाको बैठक बस्दै
आइतबार, चैत १०, २०८१
संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो ।
आजदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुँदै
शनिबार, चैत ९, २०८१
आजदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सम्मेलन हुन लागेको हो ।
विश्व पानी दिवस नेपालमा पनि मनाइँदै
शनिबार, चैत ९, २०८१
प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस शनिबार नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको...
ग्लोबल बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता
शुक्रबार, चैत ८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती भएको छ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट दिने गरी सम्झौता भएको हो ।
डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था सम्बन्धी तानसेनमा अन्तर्क्रिया
शुक्रबार, चैत ८, २०८१
डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था पहिचान सम्बन्धी तानसेनमा अन्तर्क्रिया कार्यक्रम भएको छ । पुरक एशिया काठमाडौं र पाल्पा विकास केन्द्रको संयुक्त आयोजनामा अन्तर्क्रिया भएको हो ।
विश्व मुख स्वास्थ्य दिवस मनाइँदै
बिहीबार, चैत ७, २०८१
आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
एसइई व्यवस्थित र मर्यादित होस्
बिहीबार, चैत ७, २०८१
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।
पाल्पा जेसिजले दियो छात्राहरुलाई महिनावारीका लागि आवश्यक सामग्री
बुधबार, चैत ६, २०८१
पाल्पा जेसिजले तासेनस्थित मोहन कन्या माविमा अध्ययनरत छात्राहरुलाई सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री वितरण गरेको छ । छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित होउन भन्ने उद्देश्यले जेसिजले सेनेटरी प्याड, साबुन, बाल्टीन जस्ता आवश्यक सामग्री वितरण गरेको हो ।


