
हाम्रो मुलुकका प्रजातान्त्रिक आन्दोलनका सुत्राधार भनिने दुई महान व्यक्तिलाई औपचारिक रुपमा स्मरण गर्ने दिनका रुपमा लिने दिन पनि लगातार दुई दिन पर्ने गरेका छन् । मुलुकमा प्रजातन्त्र बिना केही सम्भव हुँदैन भन्ने दुई महान व्यपक्त वि.पि कोइराला र पुष्पलाल श्रेष्ठको जन्म पनि एक दिनको फरकमा परेकाले उनीहरुका अनुयायीहरुले सम्झने गर्दछन् । साउन ६ गते विश्वेश्वरप्रसाद (वि.पि) कोइराला र साउन ७ गते पुष्पलालको स्मृति जयन्ती मनाउने गरिन्छ । यी दुवै नेताले स्थापना र नेतृत्व गरेका दल आज देशका पहिलो, दोस्रो र तेस्रो छन् । सधैं झैं यस पल्ट पनि नेपाली काँग्रेसले वि.पि कोइरालाको र कम्युनियष्ट पार्टीका घटकहरूले पुष्पलालको स्मृतिमा देशका विभिन्न भागमा कार्यक्रम गरेर मनाए । नेपालको राष्ट्रियता र लोकतन्त्रका लागि यी दुवै नेताको योगदान महत्वपूर्ण छ । बहुदलीय व्यवस्था विना र मौलिक हकको अभावमा आजको युगमा कोही पनि मान्छे साँचो अर्थमा नागरिक बन्न सक्दैन भन्ने मान्यतामा यी दुवै जीवनभर रहे र त्यसको प्राप्तिका लागि संघर्ष गरिरहे । राष्ट्रियताको मामलामा वि.पि.का विचार क्रमशः परिमार्जित स्पष्ट र परिपक्व हुँदै आएको पाउँछौं भने पुष्पलाल शुरूदेखि नै यस विषयमा स्पष्ट रहेको पाउँछौं ।
पुष्पलाललाई देशभित्रको मामिलामा मात्र होइन, पार्टीहरूको आन्तरिक विवादमा समेत भारतीय नेताहरूको हस्तक्षेप र सरसल्लाह मन पर्दैनथ्यो । उनी नेपालको कुनै पनि मामिलामा विदेशीले हात हाल्न खोज्ने प्रवृत्तिलाई स्विकार्दैनथे र त्यसको विरोधमा उभिन्थे । वि.पि. कोइरालाले बाँचुञ्जेल नेपाली कांग्रेसलाई मात्र केन्द्रमा राखेर सोचे र पछिल्लो कालमा राजासँग मेलमिलापको नीतिलाई जोड दिए । राजासँगको लडाइँमा भारतले गम्भीर धोका दिएर अप्ठ्यारोमा पारेपछि र भारतीय स्वार्थका लागि राजासँग भारतले मोलमोलाइ गर्न थालेपछि कोइराला भारतबाट नेपाल फर्के र मेलमिलापको नीतिमा जोड दिन थाले । उनको स्वदेश आगमन नेपाली राजनीति र नेपालको लोकतान्त्रिक आन्दोलनका लागि सकारात्मक एवं महत्वपूर्ण घटना थियो । यीनै महान व्यक्ति वि.पि र पुष्पलालका विचार , आदर्श र योगदानका विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
वि.पि. कोइराला विशेष गरी नेपालको मात्र नभई दक्षिण एसिया कै नेता कै रुपमा स्थापित व्यक्ति थिए । उनको जन्म १९७१ सालको भदौ २४ गते भएको हो । ३६ वर्षको कलिलो उमेरमा यो मुलुकको २२ औं प्रधानमन्त्री बनेको व्यक्तित्वको निधन २०३९ साल साउन ६ गते भएका कारण उनका अनुयायीहरुले त्यस दिनका लागि कार्यक्रम गरेर स्मरण गर्दछन् । प्रजातान्त्रिक समाजवाद भनेको के हो ? समाजवादी नेतामा हुनुपर्ने गुण के हो । संवैधानिक राजसंस्था यो मुलुकमा किन अपरिहार्य छ । भन्ने दर्शन सिद्धान्त छाडेर गएका वि.पि.ले २००३ सालमा भारतको वनारसमा राष्ट्रिय काँग्रेसको स्थापना गरी जहाँनिया राणा शासन विरुद्ध आमनागरिकलाई गोल बन्द गरेका समयमा शुवण शमशेरद्धारा गठित प्रजातान्त्रिक काँग्रेस पार्टीसँग २००६ सालमा एकीकरण गरी आन्दोलनलाई थप सशक्त र उचाईमा पु¥याउन सफल व्यक्तित्वलाई महामानव भन्ने पनि गरिएको हो । प्रजातन्त्र बिना मुलुकको विकास सम्भव नदेखेका वि.पि.ले प्रजातन्त्रलाई सस्थागत गर्नु पर्दछ भनि कार्यकर्तालाई प्रशिक्षित गरेका वि.पि कै अनुयायीहरु भनिनेबाट आज पटक–पटक प्रजातन्त्र धरापमा परेको कटु सत्य हो । २०१६ साल जेठ १६ गते देखि २०१७ साल पुष १ गतेसम्म प्रधानमन्त्री बनेका वि.पि. कै कार्यकालमा सबै भन्दा बढी शिक्षा क्षेत्रमा विकास गरेको हो । आज उनकै अनुयायीहरुले त्यति बेला स्थापित शिक्षण सस्था ध्वस्त गरेर पुँजीवादी सिद्धान्त अनुरुपका शिक्षण संस्था स्थापना गरेर वि.पि.को तस्वीरमा माल्यार्पण गर्नेको सख्या बढ्दो अवस्थामा रहेको छ । वि.पिद्धारा प्रतिवादीत सिद्धान्त र दर्शनलाई पन्छाउँदै नयाँ खालको प्रजातान्त्रिक समाजवादको व्याख्या हुने गरेको छ । भ्रष्टतस्करका रुपमा पहिचान बनाएकाहरुको भिड बढेको कारण सच्चा इमान्दार कार्यकर्ता भनिने पुराना–पुराना व्यक्तिहरुले आज क्रियाशिलताबाट धेरै टाढा पुगेका छन् ।
राजसंस्था भनेको मियो हो यसलाई संरक्षण गर्नु पर्दछ । जब विदेशी हस्तक्षेप बढ्छ त्यस समयमा राजासँग राष्ट्रियताको सवालमा कार्यगत एकता हुने उद्घोष वि.पि.ले गरेका थिए । हुन पनि बाहिरी शक्तिसँग लड्नका लागि घरभित्रका परिवारका सदस्यहरु मिल्नु पर्दछ भन्ने संदेश हो । त्यो आज पनि उत्तिकै मर्मस्पशी छ । वि.पि.का सहोदर भाई गिरीजा प्रसाद कोइरालाले आफु राष्ट्रपति हुने सपना देखेका कारण राजसंस्थालाई जरैबाट उखलेपछि आज मुलुकमा राजनैतिक अस्थिरता निम्तिएको हो । वि.पि कति दुरदर्शी नेता हो भन्ने कुरा यसबाट प्रस्ट हुन्छ । त्यसले गर्दा अधिकाशंले वि.पि.को तस्विरमा माल्यार्पण गर्दा वि.पि.को आसिश होइन्, उल्टा श्राप लाग्नेछ । त्यस कारणले गोहीको आशु झार्न व्यर्थ लाग्दछ । वि.पि.को चिन्तन अनुरुप आज पार्टी संगठन चलेको छ त । काँग्रेसहरुले सोच्न पर्ने समय आएको छ । सहिद गंगालाल श्रेष्ठको नाम नसुनेका कमै छन् । राणा साशनको विरुद्धमा लागेको कारण उनलाई मृत्यु दण्ड दिइयो । उनले क्षमा याचन गरेको भए सायद राणाहरुले उनलाई फासी दिने थिएनन् होला तर उनले मृत्यु दण्ड नै रोजे । उनैका भाइ रहेछन् पुष्पलाल श्रेष्ठ । १९८१ साल असार १४ गते रामेछापमा जन्मिएका पुष्पलालले मुलुकमा कम्युनिष्ट पार्टीको वैचारिक धार दिएर गएको व्यक्ति हुन् उनी । २०३५ साल साउन ७ गते ५४ वर्षको उमेरमा निधन भएका व्यक्ति ५ वर्षसम्म कम्युनिष्ट पार्टीको महासचिव बनेका पुष्पलालले कम्युनिष्ट पार्टीका कायकर्ता तथा नेताले पाालन गर्नु पर्ने आचार, सिद्धान्त दर्शन स्थापना गरेका गएका थिए । दियोमा तेल राखी बत्ती बालेर उज्यालो फैलाएका पुष्पलाल हुन् उनी । त्यही दियोमा तेलको सट्टा पानी राख्न पुगेका कारण कम्युनिष्ट पार्टी आज बैचारिक धरातलबाट बिचलन हुन पुगेको भएपनि एक दिन कम्युनिष्टहरुले पुष्पलालको फोटोमा माल्यार्पण गर्दछन् । पुष्पलालद्धारा प्रतिवादित आचरण र दर्शनका विषयमा छलफल र बहश हुन छाड्यो । उनको तस्विरमा माल्यार्पण गर्ने नेतादेखि कार्यकर्ता सम्मले दर्शन र सिद्धान्त पालना गरेका छन् या छैनन् एक पटक गंभिर भएर सोच्नु पर्ने भएको छ । पुष्पलालद्धारा प्रतिवादित सिद्धान्तलाई आजको नेकपा एमालेले पूर्ण रुपमा छाडि सकेका छन् । अनुशाशित र मर्यादित र आचरणमा रहेको भए आज नेकपा एमालेले काण्डै काण्डको उपमा पाउने थिएन होला । पुष्पलालका अनुदायीहरु पनि भ्रष्ट र दलाल भए दर्शन र सिद्धान्त हरायो । अधिकाश कार्यक्रर्तालाई पुष्पलालको जन्म कुन जिल्लामा भएको हो भन्ने थाहा नहुन सक्छ । दर्शन सिद्धान्त सबै नयाँ प्रतिवादित भयो ।
पुष्पलाल र वि.पि.को असली कार्यकर्ता अत्यन्तै कम हुँदै गए । सिद्धान्त र दर्शन केही एथावत भए पनि नेतृत्वमा विचलन भयो । संगठन र नेतृत्व नेतामुखी भयो । त्यसको परिमाण आज नयाँ पुस्ताले एमाले र काँग्रेसको विकल्प खोजेका छन् । दर्शन र सिद्धान्तलाई पालना गरेको खण्डमा मात्र उनीहरु प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)