Shittalpati
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित राष्ट्रियसभाको अध्यक्षमा  सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् ।
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायव निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ...
उत्पादनले बजार नपाउँदा ढाका उद्यमी मर्कामा
उत्पादनले बजार नपाउँदा ढाका उद्यमी मर्कामा बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरुले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले  निरास बनेका छन् । उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ ।
बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए ।
सात महिनामा रु आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
सात महिनामा रु आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति चालु आर्थिक वर्ष २०८/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१ दशमलव छ प्रतिशतले वृद्धि...
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी गतवर्षको तुलनामा यसवर्ष उपभोक्ता मुद्रास्फीति केहि घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको...
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
म्याग्दीका वन पाखामा फक्रँदै सिमल ‘म्याग्दी,गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।
सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री    
सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री     उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । 
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् ।
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो ।
Weather Update