‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग
आइतबार, फागुन २०, २०८०
छाडा चौपाया व्यवस्थापनको चुनौती
शनिबार, फागुन १९, २०८०
सनातन धर्म मान्नेहरूले जनावरलाई भगवान सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पूजा गर्ने पनि गर्दछन्, तर अघिपछि तीनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरेको पाइन्छ । पशुधनीले गोठबाट निकालेका÷छाडेका चौपाया नै सडक, चोकमा आएका हुन् ।
बैङ्कका कर्मचारी पक्राउबारे निजी क्षेत्रको ध्यानाकर्षण
शुक्रबार, फागुन १८, २०८०
कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद होे भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल च्याम्बर अफ कमर्सले आ–आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन्...
सम्पत्ति शुद्धीकरण विधेयक पारित
शुक्रबार, फागुन १८, २०८०
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए ।
हलगोरु पाल्नेलाई जैमिनीद्वारा दश हजार अनुदान
शुक्रबार, फागुन १८, २०८०
बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक
बिहीबार, फागुन १७, २०८०
तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । संघीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो ।
जनशक्तिको अभावले भिडियो एक्स–रे सेवा ठप्प
बुधबार, फागुन १६, २०८०
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन । छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताए ।
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
बुधबार, फागुन १६, २०८०
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् ।
कोदोबाट बिस्कुट उत्पादन, किसान भए उत्साहित
बुधबार, फागुन १६, २०८०
पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी
मंगलबार, फागुन १५, २०८०
मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए ।
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
मंगलबार, फागुन १५, २०८०
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
राजेन्द्र महतोले छोडे लोसपा
सोमबार, फागुन १४, २०८०
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।
भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि
आइतबार, फागुन १३, २०८०
सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।


