माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
बुधबार, फागुन २३, २०८०
निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत सुविधा भएन’
बुधबार, फागुन २३, २०८०
बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो ।
त्रिशूली बस दुर्घटना : मृतकको संख्या सात पुग्यो ( अपडेट)
बुधबार, फागुन २३, २०८०
दिङको गजुरी गाउँपालिका–५ घाटबेँसी त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।
यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते
बुधबार, फागुन २३, २०८०
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेको छ । आज विहान सो बस त्रिशूलीमा खसेको हो ।
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त
मंगलबार, फागुन २२, २०८०
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी बनेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर
मंगलबार, फागुन २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल
मंगलबार, फागुन २२, २०८०
नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।
वैदेशिक रोजगारीबाट फर्की झाडी फाडेर सुन्तला खेती
मंगलबार, फागुन २२, २०८०
बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् ।
नेपालले भूटानलाई हरायो
सोमबार, फागुन २१, २०८०
साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
प्रतिधिनिसभा बैठक स्थगित
सोमबार, फागुन २१, २०८०
प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ ।
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो : सचिव पौडेल
सोमबार, फागुन २१, २०८०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् ।
लुम्बिनीमा निजी क्षेत्रको लगानी बढ्दो, सुविधा सम्पन्न होटल थपिँदै
सोमबार, फागुन २१, २०८०
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी पुगेको छ ।
दक्षिण एसियाली मुलुकभन्दा नेपालमा बहिरोपनको समस्या धेरै
आइतबार, फागुन २०, २०८०
दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ । विश्व श्रवण दिवसको अवसरमा आज यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी...


