आखिर मानिस किन बसाइँ सर्छ ?
शनिबार, चैत ३, २०८०
लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु
शनिबार, चैत ३, २०८०
बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ ।
संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाइने
शुक्रबार, चैत २, २०८०
वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ । संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो ।
भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु
शुक्रबार, चैत २, २०८०
भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन
शुक्रबार, चैत २, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बिहीबार, चैत १, २०८०
‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो ।
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
बिहीबार, चैत १, २०८०
लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।
गुल्मीको धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक
बुधबार, फागुन ३०, २०८०
जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलो पटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् ।
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
मंगलबार, फागुन २९, २०८०
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
मंगलबार, फागुन २९, २०८०
ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् ।
पर्व बिदा विवादरहित बनाइने
मंगलबार, फागुन २९, २०८०
सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी
मंगलबार, फागुन २९, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।


