Shittalpati
कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।
प्रधानमन्त्री कप क्रिकेट आज तीन खेल हुने
प्रधानमन्त्री कप क्रिकेट आज तीन खेल हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज  बिहान ९ स् १५ बजे सुरु हुने छ ।
कफी खेतीमा गवारोको प्रकोप
कफी खेतीमा गवारोको प्रकोप चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् । चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले किसानलाई कफीका बिरुवा र बोट जोगाउन समस्या भएको कफी विकास केन्द्र, आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए ...
पूर्वकप्तान लामिछाने निलम्बित
पूर्वकप्तान लामिछाने निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो ।
पानी परीक्षण प्रयोगशाला स्थापना
पानी परीक्षण प्रयोगशाला स्थापना स्थानीयलाई घर–घरमा शुद्ध पानी पु¥याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो  ।
क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय
क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।
सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने
सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । 
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेकोे छ । उक्त चामल बिक्री कार्यक्रम शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुरुप पौष्टिकतत्व स्तरोन्नति गरिएको चामलमा सबै नेपालीको पहुँच पुग्ने बताए । 
भिमादमा जिप दुर्घटना : मृतकको संख्या २ पुग्यो
भिमादमा जिप दुर्घटना : मृतकको संख्या २ पुग्यो तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।
भिमादमा जिप दुर्घटना : घाइते एक जनाको मृत्यु
भिमादमा जिप दुर्घटना : घाइते एक जनाको मृत्यु तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप बुधबार दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो ।
Weather Update