स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए
शनिबार, चैत ३०, २०८१
गुल्मीका अठचालिस प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
शुक्रबार, चैत २९, २०८१
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति जिल्लका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लाका ४८ दशमलव छ प्रतिशत नागरिकले सेवा लिएका छन् ।
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
आइतबार, चैत २४, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँ रहेका अस्पतालहरूको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापनलगायत विषयमा सरकारले पहल गर्ने बताएका छन् ।
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
आइतबार, चैत १७, २०८१
रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
राजावादीको प्रदर्शन अराजक : लाइभ गर्न पुगेका पत्रकारको मृत्यु
शुक्रबार, चैत १५, २०८१
राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
आज विश्व क्षयरोग दिवस
सोमबार, चैत ११, २०८१
आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
अनिशलाई तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि
आइतबार, चैत १०, २०८१
लुम्बिनीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा शबिार भएके म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।
समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर
मंगलबार, चैत ५, २०८१
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ बर्षीय रामबहादुर थापा अन्ततः दुवईबाट स्वदेश फर्किएका छन् । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी दुई महिनादेखि विरामी भई अलपत्र परेका थिए । थापा र उनको परिवारले स्वदेश फर्किन गुहार गरेको पछि केही दिन अघि नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा...
आँखाको ज्योति फर्किंदा पाल्पाका ज्येष्ठ नागरिक उत्साहित
मंगलबार, चैत ५, २०८१
आँखामा मोतियाबिन्दुले ढपक्कै ढाकेपछि नातिनातिनाको सहयोगमा भित्रबाहिर गर्दै आएकी पाल्पाको बगनासकाली गाउँपालिका चिर्तुङ्गधाराकी लक्ष्मी ढुङ्गानाको शल्यक्रियापश्चात् ज्योति फर्किएपछि खुसी भएकी छिन् ।
बगनासकालीकामा निःशुल्क आँखा शिविर : शल्यक्रियापछि जेष्ठ नागरिक उत्साहित
मंगलबार, चैत ५, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाका ग्रामीण क्षेत्रमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ४४ सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । गाउँपालिका भित्रका १० वटा विद्यालय केन्द्रमा चलेको आँखा शिविरमा ४ हजार ४ सय ३ जना सर्वसाधारण लाभान्वित भएका हुन् ।
दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’
शनिबार, फागुन २४, २०८१
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ वर्षीय रामबहादुर थापा दुबई गएको तीन महिना भयो । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी अहिले एक महिनादेखि विरामी छन् ।
तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा
मंगलबार, फागुन २०, २०८१
तुलसीपुर उपमहानगरपालिका–१ काफलठुटाका नागरिक उपचारका लागि चार घण्टा हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था थियो । सडक सञ्जाल पनि प्रभावकारी नभएकाले यहाँका नागरिक हिँडेरै स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था थियो ।
रोटरीले हस्तान्तरण गर्यो मिसन अस्पताललाई ‘फोहोर पानी उपचार परियोजना’
आइतबार, फागुन १८, २०८१
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ पाल्पा तानसेनले युनाईटेड मिसन अस्पताललाई ‘फोहोर पानी उपचार युएमएच परियोजना’ हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ भुटानको ग्लोवल ग्राउन्ड फन्ट अन्तर्गत क्लवले निर्माण गरेको परियोजना एक औपचारिक कार्यक्रमकाबिच अस्पताललाई हस्तान्तरण गरिएको हो ।


