Shittalpati
पाल्पामा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
पाल्पामा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै जिल्लामा १० हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका २ सय ४ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका १० हजार ४ सय ५८ जना किशोरीलाई खोप लगाइने भएको हो ।
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।
पाल्पा अस्पतालको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द
पाल्पा अस्पतालको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट एक वर्षदेखी प्रयोग विहिन अवस्थामा रहेको छ । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको हो ।
‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै
‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । 
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । 
हत्या गरेको अभियोगमा एक युुवक पक्राउ
हत्या गरेको अभियोगमा एक युुवक पक्राउ हत्या गरेको अभियोगमा रुपन्देहीमा एक युुवक पक्राउ परेका छन् । जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा युुवक पक्राउ परेका हुन् ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु  देशका विभिन्न स्थानामा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटामा तीन जनाको मृत्युुुभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुुसार कपिलवस्तु र चितवनका विभिन्न स्थानमा भएका सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
चिकित्सक अभावले उपचार प्रभावित
चिकित्सक अभावले उपचार प्रभावित जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।
मिसन अस्पतालले मनायो २५ औं साधारण सभा
मिसन अस्पतालले मनायो २५ औं साधारण सभा २०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले २५ औं  वार्षिक साधारण सभा मनाएको छ । अस्पतालले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा मनाएको हो । 
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन बाक्लो हुस्सु र शितलहरका कारण  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि उडान प्रभावित हुन पुुगेको हो ।
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका सारुले शपथ लिएदेखि नै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका हुुन् ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
Weather Update