Shittalpati
गुल्मीमा जंगली च्याउ खाँदा ६ जना बिरामी

गुल्मी, गुल्मीमा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । बुधबार बिहान स्थानीय जंगलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार विरामी हुनेहरुमा गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका एकै परिवारका ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया विपना रजाली, १० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बविना रजाली बिरामी परेका हुन् । उनीहरुको स्थानीय शुभ सारथी मेडिकल हल मजुवामा उपचार भइरहेको छ । बिरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । च्याउ खाँदा उनीहरूमा वाकवाकी लाग्ने, टाउको दुख्ने र पखाला लाग्ने लगायतका लक्षण देखा परेका थिए । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update