गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
शनिबार, वैशाख २३, २०८०
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग
शुक्रबार, वैशाख २२, २०८०
उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।
तानसेनका थप ४ जनामा कोरोना देखियो
बुधबार, वैशाख १३, २०८०
तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय
मंगलबार, वैशाख १२, २०८०
जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।
काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल
मंगलबार, वैशाख १२, २०८०
नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले मंगलबार पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।
पाल्पामा ९ जनामा कोरोना देखियो
आइतबार, वैशाख १०, २०८०
पाल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ९ जनामा कोरोना देखिएको हो ।
कोरोनाबाट थप एकको मृत्यु
शनिबार, वैशाख ९, २०८०
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना उपचारत संक्रमितको निधन भएको हो ।
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
बुधबार, वैशाख ६, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् ।
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
बुधबार, वैशाख ६, २०८०
सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिए ।
कोरोनाबाट थप दुईको मृत्यु
मंगलबार, वैशाख ५, २०८०
कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ...
वैशाख ११ देखि खोप सप्ताह
आइतबार, वैशाख ३, २०८०
सरकारले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
फेरी कोरोना बढ्यो, सतर्कता भएन
शुक्रबार, वैशाख १, २०८०
नेपालमा फेरी कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ ।
कोरोना संक्रमणबाट एकको मृत्यु
बुधबार, चैत २९, २०७९
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोभिड–१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल संख्या १२ हजार २२ पुगेको हो ।


