आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइदैं
बुधबार, फागुन ३, २०७९
चिकित्सकहरुको आन्दोलन स्थगित
आइतबार, माघ २९, २०७९
चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने
शनिबार, माघ २८, २०७९
आइतबार देशभरका अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बन्द रहने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा !
शुक्रबार, माघ २७, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते...
आलै छ कोरोनाले बनाएको घाउ
मंगलबार, माघ २४, २०७९
सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन ।
विश्व क्यान्सर दिवस मनाइदैं
शनिबार, माघ २१, २०७९
विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइदैं छ । ‘विश्वभरि हाम्रो आवाज एकजुट हो र कारवाही’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो...
रगतसम्बन्धी सबै सेवा निःशुल्क
शनिबार, माघ २१, २०७९
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
स्वास्थ्य केन्द्र निर्माण
बुधबार, माघ १८, २०७९
बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर !
सोमबार, माघ १६, २०७९
पाल्पामा कुष्ठरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत चार वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।
पाल्पामा १२ जना कुुष्ठरोगी
आइतबार, माघ १५, २०७९
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।
आज विश्व कुष्ठरोग दिवस मनाइदैं
आइतबार, माघ १५, २०७९
आज ७० औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी
आइतबार, माघ ८, २०७९
कोरोना महामारीबाट जोखिम वहनका लागि गरिएको कोरोना बिमाको भुक्तानी अझै ९८ हजार भन्दा बढीले पाउन सकेका छैनन् । सुरुमा दाबी परेका कुल १ लाख ६२ हजार ३ सय ४६ जना मध्ये ९८ हजार ७ सयले अझै भुुक्तानी पाउन नसकेका हुन् । दाबी परेकामध्ये अहिलेसम्म ६३ हजार ६ सय ४६ जनाले...


