शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण
शुक्रबार, माघ ६, २०७९
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ !
मंगलबार, माघ ३, २०७९
मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानी समेत नहुँदा त्यहाँ पुग्ने विरामी थप रोग बोकेर घर फर्कनु पर्ने अवस्था आएको छ ।
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण
मंगलबार, माघ ३, २०७९
जिल्लाको इस्मा गाउँपालिकाले यहाँका नागरिकहरुको शिविरमार्फत निःशूूल्क मुुटुु परीक्षण गरेको छ । पालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तिको अवसर पारेर दीर्घारोगी, अपाङ्गता र ६० बर्ष माथिका नागरिकहरुको निःशुल्क मुटु परीक्षण गरेको हो ।
खोप लगाउन मन्त्रालयको आग्रह
बिहीबार, पुस २८, २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको...
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत सहभागी
सोमबार, पुस १८, २०७९
गुल्मीमा कूल जनसंख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको संख्या कम देखिएको हो ।
रेडक्रसद्वारा प्राथमिक उपचार तालिम
शुक्रबार, पुस १५, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा तथ्यमा आधारित सामुदायिक स्वास्थ्य तथा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आकस्मिक स्वास्थ्य कार्यक्रम अन्तर्गत रेडक्रसले पाँच दिने तालिम सञ्चालन गरेको हो ।
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार
शुक्रबार, पुस १५, २०७९
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । रेसुङ्गा नगर सरकारको पहलमा यहाँ हाडजोर्नी सेवा विस्तार गरिएको हो ।
रेसुङ्गा नगरपालिकाले हाडजोर्नी विशेषज्ञ राख्नका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि यहाँ हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । विशेषज्ञ सेवा विस्तार हुन थालेपछि भने सेवाग्राहीलाई सहज भएको छ ।
फेरि बढ्न थाल्यो कोरोना संक्रमण
बिहीबार, पुस १४, २०७९
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । छिमेकी मुलुकमा संक्रमणमा बढ्दै जान थालेपछि नेपालमा पनि त्यस असर देखा पर्न लागेको हो ।
तपाईंको मास्क खोइ अभियान फेरि सुरु
बिहीबार, पुस १४, २०७९
ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।
अब पोलियो विरुद्धको खोप १४ हप्तामा
मंगलबार, पुस १२, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए ।
पाल्पामा नयाँ अस्थायी साधन ‘सायना प्रेस’ बारे छलफल
मंगलबार, पुस १२, २०७९
परिवार नियोजनको नयाँ अस्थायी साधनका रुपमा आएको ‘सायना प्रेस’का बारेमा पाल्पामा छलफल तथा अन्तक्र्रिया गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले पाल्पाका सञ्चारकर्मीहरुसँग ‘सायना प्रेस’का बारेमा छलफल तथा अन्तक्र्रिया गरेको हो ।
‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’
शनिबार, पुस ९, २०७९
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

.jpg)
