Shittalpati
धर्मचक्र बौद्ध युवा संघ पाल्पाको टोली सिक्किम–दार्जिलिङ यात्रामा

पाल्पा, एक आपसमा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान गर्ने र पाल्पाको ऐतिहासिक नगर तानसेनमा भारतीय बौद्ध पर्यटकहरू भित्र्याउने उद्देश्यका साथ धर्मचक्र बौद्ध युवा संघ, तानसेन–२, बडिज्ञानटोलको भजनटोली एक हप्ता लामो धार्मिक तथा पर्यटकीय भ्रमणमा निस्किएको छ । विश्वमा शान्तिको कामना गर्दै  निस्किएको उक्त टोलीले भारतको सिक्किम तथा दार्जिलिङका विभिन्न प्रख्यात बौद्ध गुम्बा तथा विहारहरूमा पुगेर तानसेनको रैथाने बौद्ध भजन तथा संस्कृति प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ । साथै टोलीले दुबै स्थानको धार्मिक र पर्यटकीय स्थलहरूको भ्रमण गरी तानसेनको ऐतिहासिक कला संस्कृतिहरु प्रस्तुत गर्ने जनाएको छ ।पाल्पामा लामो समयदेखी  देखि जोगाइँदै आएको परम्परागत बौद्ध भजन, संस्कृति र संस्कारलाई सिक्किम तथा दार्जिलिङका बौद्ध समुदायमाझ प्रस्तुत गर्ने,  भ्रमणका क्रममा  सिक्किम तथा दार्जिलिङका बौद्ध भिक्षु, धर्मगुरु तथा बौद्ध धर्मावलम्बीहरूलाई तानसेन र पाल्पाका ऐतिहासिक बुद्ध विहारहरूको भ्रमण गर्न औपचारिक निमन्त्रणा दिने भ्रमण दलका संयोजक महेशमान बज्रचार्यले बताए ।

भविष्यमा सिक्किम, दार्जिलिङ र तानसेन पाल्पा विच दुईपक्षीय मैत्री सम्बन्ध विस्तार गर्ने, बौद्ध संस्कृति र भजन प्रस्तुत गर्ने वातावरण निर्माण गर्ने र दुई देशका सहरहरूबीच धार्मिक पर्यटनको बलियो सञ्जाल बनाउन भ्रमण केन्द्रित रहेको धर्मचक्र बौद्ध युवा संघका अध्यक्ष बसन्तलाल बज्राचार्यले बताए ।हामी हाम्रो क्षेत्रमा रहेको मौलिक बौद्ध परम्परा र भजन संस्कृतिलाई सिक्किम र दार्जिलिङमा प्रदर्शन गर्ने छौ, जसले गर्दा हाम्रो संस्कृतिको प्रचार  हुने छ  र  उनीहरूलाई पनि तानसेन आउन प्रेरित गर्ने भ्रमण दलको अपेक्षा रहेको छ । जेठ १३ गते देखी १९ गते सम्म हुने  धार्मिक यात्रामा  २२ जनाको सहभागिता रहेको छ ।  धार्मिक पर्यटनको प्रवद्र्धनमार्फत तानसेनको आर्थिक र सांस्कृतिक विकासमा टेवा पु¥याउन र  नेपाल र भारतबीचको  धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update