Shittalpati
विश्व हिन्दु महासंघ पाल्पाको पाँचौ अधिवेशन

पाल्पा,विश्वहिन्दु महासंघ नेपाल पाल्पाको दशौं जिल्ला सभा तथा  पाँचौ अधिवेशन भएको छ । महासंघको तानसेनमा भएको अधिवेशन आगामी ३ वर्षका लागि नयाँ कार्य समितिको गठन गर्दै सकिएको हो । अधिवेशनले कमलराज पौडेललाई पुनः अध्यक्षमा चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिनेश गन्धर्व, द्वितिय उपाध्यक्ष जयराम सापकोटा, महिला उपाध्यक्ष मालती पौडेल, खुल्ला उपाध्यक्ष–राम प्रसाद पुरि, दलित उपाध्यक्ष– राजु गौतम, सचिवमा मित्रलाल नेपाली, सह–सचिवमा भविन्द्र गौतम,उपसचिवमा लक्षण पछाइ, पवन बस्याल र कोषाध्यक्षमा मनोहर ज्ञवाली चयन भएका छन् ।

अधिवेशनको प्रतिनिधि सभा सदस्य डा.माधव थापाले उद्घाटन गरेका हुन् ।  कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, महासंघ प्रदेश अध्यक्ष वेन बहादुर पौडेल, केन्द्रिय सह अध्यक्ष शंकर प्रसाद खराल, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द बहादुर पोखरेल लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा धर्म संरक्षणका लागि योगदान पु¥याउने विभिन्न भजन मण्डली र धार्मिक संघ संस्थालाई रुद्राक्षमाला, दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए । कार्य समितिको गठनका लागि केन्द्रीय सदस्य भिमलाल भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल चयन  गरिएको थियो । कार्यक्रम संस्था अध्यक्ष कमल राज पौडेलको अध्यक्षता, उपाध्यक्ष सरस्वती बस्यालको स्वागत, सचिव तुलसी घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update