Shittalpati
निजी प्राविधिक शिक्षालयहरु आन्दोलित
निजी प्राविधिक शिक्षालयहरु आन्दोलित चिकित्सा शिक्षा आयोगको गत साउन ३० मा बसेको बैंठकले शैक्षिक सत्र ०७७/०७८ देखि निजी प्राविधिक शिक्षलयहरुले सी.एम.ए, अनमी, ल्याब असिसटेण्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रमहरु सञ्चालन गर्न नपाउने निर्णय गरेपछि शिक्षालयहरु आन्दोलित भएका छन् । उक्त कार्यक्रम नविकरण तथा भर्ना प्रक्रियालाई अगाडि बढाइदिनुहुन र स्तरोन्नतीका प्रक्रिया प्रारम्भ गराइदिनुहुन देशै भरका...
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३÷३ जनाको मृत्यु भएको जानकारी दिए
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले विश्वभर फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै सञ्चालन गरिरहेको अभियानलाई निरन्तरता दिएको छ । क्लवले अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, व्यवसायी, मजदुरहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरणहरु गर्दै अभियानलाई निरन्तरता दिदै आएको हो ।
कोरोनाबाट महिलाको मृत्यु
कोरोनाबाट महिलाको मृत्यु कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै
नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै विश्वभर फैलिएको कोरोना भाइरस कोभिड –१९ का कारण नेपालमा संक्रमितको संख्या ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । दैनिक रुपमा देखिएका संक्रमितको आधा भन्दा बढी संक्रमितहरु निको भइ घर फर्किएका छन् ।
कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक
कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश पाँचको समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो ।
बाहिरबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई, भवन नहुँदा क्वारेन्टाइन र आइसोलेशनमा समस्या
बाहिरबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई, भवन नहुँदा क्वारेन्टाइन र आइसोलेशनमा समस्या जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई भएको छ । सरकारले विद्यालयहरुलाई क्वारेन्टाइनबाट हटाउने निर्यण गरेसंगै भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई व्यवस्थापन गर्न जिल्लाका स्थानीय तहलाई कठिन भएको हो ।
संस्कृत शिक्षाप्रति युवाको आकर्षण
संस्कृत शिक्षाप्रति युवाको आकर्षण स्याङ्जाको वालिङ नगरपालिका—८ भीमटारीका युवाहरु साँस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित साँस्कृतिक पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् ।
बौद्धिक शोषण गरेको भन्दै निर्देशिका जलाइयो
बौद्धिक शोषण गरेको भन्दै निर्देशिका जलाइयो बौद्धिक शोषण गरेको भन्दै देशभरका आंशिक प्राध्यापकहरूले ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । निर्देशिकाले समान कामको समान ज्याला व्यवस्थापन नगरेको र बौद्धिक शोषण गरेको बताउँदै उनीहरुले निर्देशिका जलाएका हुन् ।
थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४ सय ९० नमुना परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमित महिला सम्पर्क विहीन
सङ्क्रमित महिला सम्पर्क विहीन नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् ।
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।
Weather Update