जिल्ला अस्पताल पाल्पा सिल
आइतबार, भदौ २१, २०७७
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका
आइतबार, भदौ २१, २०७७
जिल्लामा थप १६ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते
आइतबार, भदौ २१, २०७७
नेपालमा कोरोना निको भएर घर फर्किनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण
आइतबार, भदौ २१, २०७७
बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।
संक्रमित निको हुने दर बढ्दै, एकै दिन १५ सय ६६ डिस्चार्ज
शनिबार, भदौ २०, २०७७
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । शनिबार मात्र एकै दिन एक हजार पाँच सय ६६ जना डिस्चार्ज भएका छन् ।
माथागढीका एक सय ३२ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’
शनिबार, भदौ २०, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा केही दिन अघि समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एक सय ३२ जनाको पिसिआर ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु
शनिबार, भदौ २०, २०७७
बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते
शुक्रबार, भदौ १९, २०७७
नेपालमा थप १३ सय ५४ जना संक्रमितले कोरोना जितेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेर घर फर्किएको बताएका हुन् ।
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री
शुक्रबार, भदौ १९, २०७७
जिल्लामा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आफ्नो ३० औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेसुङ्गा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु
शुक्रबार, भदौ १९, २०७७
रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण
शुक्रबार, भदौ १९, २०७७
जिल्लामा समुदायस्तरका थप दुई जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिकामा ४, रिब्दीकोट गाउँपालिकाका १ जना र रैनादेवी छहरा गाउँपालिकामा २ का १ जनामा संक्रमण देखिएको हो ।
संक्रमणबाट बुटवलमा थप दुईको मृत्यु
शुक्रबार, भदौ १९, २०७७
पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमणबाट दैनिक जसो मृत्यु हुने गरेको छ । बिहीबार पनि बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोराना विजेतालाई पुष्पगुच्छा
बिहीबार, भदौ १८, २०७७
समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ ।


