गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी
बिहीबार, चैत २८, २०८१

हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित
बिहीबार, चैत २८, २०८१
हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।

पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ
बिहीबार, चैत २८, २०८१
निर्माण क्षेत्रका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले श्रमिक तथा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । संघले निर्माण क्षेत्रमा कार्यरत पाँच सय ५० श्रमिकहरुको स्वास्थ्य जाँच गर्दै छ ।

आज महावीर जयन्ती मनाइँदै
बिहीबार, चैत २८, २०८१
आज चैत्र शुक्ल त्रयोदशी महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।

बगनासकालीले गर्यो सामाजिक सुरक्षा भत्ता निकासा
बिहीबार, चैत २८, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता बापतको ३ करोड १९ लाख ९८ हजार ९ सय ४५ रुपैंया निकासा गरेको हो ।

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग
बुधबार, चैत २७, २०८१
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रुपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

ओझेलमा ‘जनआन्दोलन दिवस’
बुधबार, चैत २७, २०८१
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । वि.स. २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । सोही दिनलाई स्मरण गर्दै मनाइने जनआन्दोलन दिवस पछिल्ला वर्ष भने ओझेलमा पर्दै गएको छ । राजनीतिक दल,...

एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी
मंगलबार, चैत २६, २०८१
नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको १२ औं जिल्ला अधिवेशनले ठकुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’
मंगलबार, चैत २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

बगनासकालीमा खागमौरीले टोकेर एक जनाको मृत्यु
मंगलबार, चैत २६, २०८१
जिल्लाको बगनासकाली –२ मा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो बगनासकाली–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको खागमौरीले टोकेर मृत्यु भएको हो ।

स्थानीय उद्यम र प्रतिभालाई प्रोत्साहन गर्दै गुल्मी कांग्रेस
मंगलबार, चैत २६, २०८१
नेपाली कांग्रेस गुल्मीले जिल्लाभित्र सक्रिय उद्यमशीलता र शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रका युवाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । चैत २६ र २७ गते हुने तेस्रो जिल्ला सम्मेलनको अवसरमा कांग्रेसले १२ जना युवा उद्यमी र ३ जना शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने तयारी गरेको हो ।

वनै खायो डढेलोले... !
मंगलबार, चैत २६, २०८१
जिल्लाका अधिकांस ज·ल डढेलोले खाएको छ । लामो समयसम्म पानी नपरेर खरेडी परेकाले यहाँ दिनदिनै डढेलोले सखाप पारेको हो । हालसम्म यहाँका ३६ वटा ज·लमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल सखाप पारेको छ ।

दुई शीत कृति लोकार्पण
मंगलबार, चैत २६, २०८१
दुई शीत कृति लोकार्पण गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनामा ‘प्रकृति’ र ‘ईश’ कृति काठमाडौंमा लोकार्पण गरिएको हो ।