भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग
मंगलबार, असार १६, २०७७

पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान
मंगलबार, असार १६, २०७७
देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्नो घर अगाडिको सडक वर्षौँ बितिसक्दासम्म पनि कालोपत्र हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका छन् । स्याङ्जाको वालिङ हुँदै पर्वतको हुवास जाने...

तम्घासमा औषधिको अनुगमन
सोमबार, असार १५, २०७७
जिल्लाको सदरमुकाम तम्घासमा आयुर्वेदिक औषधि पसलहरुको अनुगमन गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्ला प्रशासन कार्यालय, रेसुङ्गा नगरपालिका, सुरक्षा निकाय, पत्रकारहरुको रोहवरमा सदरमुकाम तम्घासमा रहेका चार वटा आयुर्वेदिक औषधि पसल तथा एक वटा होमियोप्याथिक पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा दुई वटा आयुर्वेदिक औषधि पसल बन्द भेटिएको थियो...

गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि
सोमबार, असार १५, २०७७
जिल्लामा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय २४ पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिए ।

सलह किरा मार्नेलाई किलोको एक सय
सोमबार, असार १५, २०७७
भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन...

तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै
सोमबार, असार १५, २०७७
तानसेन नगरपालिका–६, सतनचुलीमा उजिरसिंह उद्यान स्थापना हुने भएको छ । सो पार्कको सोमबार शिलान्यास गरिएको छ । नेपाल अंग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा सतनचुलीमा उद्यान बन्न लागेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयको ५० लाख...

प्रदेश सभा स्थगित
सोमबार, असार १५, २०७७
प्रदेश पाँचको प्रदेशसभा सोमबार एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो । विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले भने ‘हामी अझै निरन्तर छलफलमा छौ।’ सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि...

विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग
सोमबार, असार १५, २०७७
जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन...

प्रदेश पाँचमा ४७ प्रतिशत रोपाइँ
सोमबार, असार १५, २०७७
प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ...

विज्ञ भन्दछन् –सलहको संख्या वृद्धि हुने सम्भावना न्यून
सोमबार, असार १५, २०७७
अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ उनले...

पाल्पामा थप २ जनामा कोरोना पुष्टि
आइतबार, असार १४, २०७७
जिल्लामा आईतबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमण देखिएका रिब्दीकोट गाउँपालिकाका एक जना पुरुष दुई हप्ता अघि भारतबाट आई वडा नं २ मा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै...

पिसिआर मेसिन राख्ने जग्गाका विषयमा छलफल
आइतबार, असार १४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पामा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै पिसिआर मेसिन राख्ने विषयमा छफल भएको छ । आइतबार संघीय सांसद, प्रदेश सांसद, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरु बिच पिसिआर मेसिन राख्ने उपयुक्त जग्गाको विषयमा छलफल भएको हो । सरकारले पाल्पा अस्पताल मातहतमा रहने...

पाल्पा आइपुग्यो सलह कीरा
आइतबार, असार १४, २०७७
जिल्लाका विभिन्न स्थानमा शनिबारदेखि सलह कीरा देखिएका छन् । तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका लगायतका स्थानहरुमा सलह देखिएको स्थानीयले बताएका छन् । विशेष गरी सुनौली–भैरहवा–बुटवल हुँदै पाल्पा छिरेको सलह जिल्लाको तिनाउ गाउँपालिका वडा ३ झ्याम्रुङ्गमा बढी देखा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद...