आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
शनिबार, असोज ९, २०७८

‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
शुक्रबार, असोज ८, २०७८
नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए
शुक्रबार, असोज ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।

‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी
शुक्रबार, असोज ८, २०७८
पाल्पा अस्पतालमा कोरोना महामारीका बीच ‘रिफर कार्ड’ लिनेहरुको भिड । सरकारले स्वास्थ्य बीमा गराएकाहरुलाई सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले पाल्पा अस्पतालमा रिफर कार्ड लिनेहरुको अध्याधिक भिड लाग्ने गरेको छ ।

दुई विधेयक पारित
शुक्रबार, असोज ८, २०७८
प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।

पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको
बिहीबार, असोज ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।
.jpg)
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम
बिहीबार, असोज ७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो ।
.jpg)
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’
बिहीबार, असोज ७, २०७८
जिल्लाको बगनासकाली गाउँपालिमा कोभिड–१९ प्रतिकार्यका लागि नागरिक सहायता कक्षा स्थापना गरिएको छ । स्थानीय तहमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले गाउँपालिकाले नागरिक सहायताकक्ष शुरु गरेको हो ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
बुधबार, असोज ६, २०७८
नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।

परराष्ट्रमन्त्रीमा खड्का
बुधबार, असोज ६, २०७८
नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
बुधबार, असोज ६, २०७८
नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।

आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग
मंगलबार, असोज ५, २०७८
मानव अधिकार तथा शान्ति समाज गुल्मीले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग गरेको छ । विश्व शान्ति दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन सहित आणविक अस्त्र रहित विश्वका लागि आणविक निषेध सन्धि शीघ्र अनुमोदन गर्न सरकारसंग माग गरेको हो ।