रेसुङ्गा बन संरक्षणमा चासो
शनिबार, असोज २, २०७८

पाल्पामा फरार अभियुक्त पक्राउ
शुक्रबार, असोज १, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तानसेन–८, मदनपोखराका धनबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो ।

पाल्पामा कृषकको उत्पादनले उचित मूल्य पाएन
शुक्रबार, असोज १, २०७८
जिल्लामा कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेको छैन । भारतीय बजारबाट आएको तरकारीले बजार ओगटेपछि यहाँका कृषकहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको हो ।
.jpg)
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
बिहीबार, भदौ ३१, २०७८
नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।

शनिबारसम्म वर्षा हुने
बिहीबार, भदौ ३१, २०७८
न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

वन नर्सरीबाट रोजगारी
बिहीबार, भदौ ३१, २०७८
नर्सरीमा नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्ने लगायत काम हुन्छन् । त्यहाँ दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेका छन् ।

तानसेनमा सामुदायिक मेलमिलाप तालिम
बिहीबार, भदौ ३१, २०७८
तानसेनमा आधारभुत सामुदायिक मेलमिलाप तालिम सञ्चालन भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत मंगलबारदेखि मेलमिलाप तालिम सञ्चालन भएको हो ।

बगनासकालीमा बाल वक्तृत्वकला
बिहीबार, भदौ ३१, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकामा बाल वक्तृत्वकला प्रतियोगिता भएको छ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालमैत्री गाउँपालिकाको दीगोपनाको लागि सरोकारवालाहरूको भूमिका’ विषयमा वक्तृत्वकता प्रतियोगिता भएको हो ।

पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए
बुधबार, भदौ ३०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४० जना नयाँ संक्रमित थपिएका हुन् ।

पत्रकार चौहानको निधन
बुधबार, भदौ ३०, २०७८
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।
.jpg)
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
बुधबार, भदौ ३०, २०७८
जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल
बुधबार, भदौ ३०, २०७८
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल भएको छ । सामाजिक विकास डिभिजन कार्यालयले स्टेम शिक्षाको वर्तमान अवस्था र भविष्य एंव स्टेम इकोस्टिमको दीर्घकालीन योजनाका विषयमा आधारित छलफल कार्यक्रम गरेको हो ।

रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा
बुधबार, भदौ ३०, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिका– १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।