राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
मंगलबार, कात्तिक २३, २०७८
.jpg)
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क
मंगलबार, कात्तिक २३, २०७८
जिल्लाको पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरामा पर्यटन पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकामा पर्यटकलाई लोभ्याउन यहाँ पर्यटन पार्क बन्न लागेको हो ।

रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती
मंगलबार, कात्तिक २३, २०७८
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन ।

पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’
सोमबार, कात्तिक २२, २०७८
रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन ।

'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ '
आइतबार, कात्तिक २१, २०७८
अध्यक्ष ओलीले भने, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।” एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे...

कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने
आइतबार, कात्तिक २१, २०७८
नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।

गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे
बुधबार, कात्तिक १७, २०७८
जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा मध्ये ८ वटा बाख्रालाई बाघले आक्रमण गरेको छ ।

उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत !
बुधबार, कात्तिक १७, २०७८
नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।

गुल्मीमा चराउन लगेका बाख्रा हराए !
बुधबार, कात्तिक १७, २०७८
जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा हराएका छन् । मालिका गाउँपालिका– ५ छापहिलेमा रहेको छापहिले व्यवसायिक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका सञ्चालक नर बहादुर महताराले बताए ।

साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका एक युवकको मृत्यु भएको छ । साथीसँगै बंगुर फार्ममा गएका झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।

गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको हो ।

गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
मंगलबार, कात्तिक १६, २०७८
इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ ।