शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
सोमबार, असोज ३१, २०७९
डेङ्गुबाट ४८ को मृत्यु
सोमबार, असोज ३१, २०७९
हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।
निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने
सोमबार, असोज ३१, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् ।
कृत्रिम फूलमालाले छपक्क बजार
सोमबार, असोज ३१, २०७९
तानसेनको तेस्रो सडकमा तिहारका लागि बेच्न राखिएको कृतिम फूूलका माला । तिहार नजिकिदै गर्दा तानसेनका बजार प्लाष्टिकका कृत्रिम फूूलमालाले ढपक्क छोपिएका छन् । फूल बेच्ने पसलहरूमा जादा कृत्रिम फूलमालाले रंगिन बनेका देख्न सकिन्छ । तिहारमा सकभर मखमली र सयपत्री माला लगाइने मान्यता भएपनि फूल अभावसँगै कृतिम मालाले बजार लिएका हुन् ...
पाल्पामा आचारसंहिताका विषयमा छलफल
आइतबार, असोज ३०, २०७९
जिल्ला आचारसंहिता अनुगमन समिति पाल्पाले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन तथा परिचालन सम्वन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन
आइतबार, असोज ३०, २०७९
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु
आइतबार, असोज ३०, २०७९
जिल्लाको तानसेनमा बाल्टिनमा डुुबेर १५ महिने शिशुुको मृत्युु भएको छ । तानसेन नगरपालिका–७ रक्साका थमन रानाको १५ महिने छोरी प्रिज्मा रानाको पानी रहेको बाल्टिनमा डुुबेर मृत्यु भएको हो ।
रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला
आइतबार, असोज ३०, २०७९
कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । पाल्पाको रम्भा गाउँपालिका – १ अर्सेदीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको हो । आइतबार विहान शव सडे गलेको अवस्थामा अन्दाजी १४/१५ वर्ष उमेरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो
आइतबार, असोज ३०, २०७९
जिल्लाको तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
आइतबार, असोज ३०, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका...
अन्धविश्वासले सडकमा पुर्यायो
आइतबार, असोज ३०, २०७९
बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बगनासकाली
आइतबार, असोज ३०, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । पालिकाले नागरिकहरुको सहजताका लागि वडाबाटै भत्ता दिने व्यवस्था मिलाएको हो । यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए । सबै नागरिकको पहुँचमा बैंकि सेवा नपुुग्दा भत्ता लिन असहज भएको अवस्थामा...
आज विश्व खाद्य दिवस मनाइँदै
आइतबार, असोज ३०, २०७९
विभिन्न कार्यक्रम गरी आज ४२ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिएको हो ।


