विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न आग्रह
शनिबार, असोज २९, २०७९
तिनाउमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु
शनिबार, असोज २९, २०७९
जिल्लाको तिनाउ गाउँपालिका–२ हापुरस्थित तारे जंगलमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जना युवकको ज्यान गएको छ । शुक्रबार साँझ साथीसँगै जंगलमा अरिङ्गाल पोल्न गए हापुरका ३० वर्षीय विष्णु सारुको रुखबाट लडेर ज्यान गएको हो ।
विपदमा परेका व्यक्तिको उद्दारमा सुरक्षाकर्मीद्वारा तानसेनमा पूर्व अभ्यास
शुक्रबार, असोज २८, २०७९
शुक्रबार दिउँसो तानसेन नगरपालिका– ३ तानसेन तम्घास सडक क्षेत्रको अप्पु भिलेज क्षेत्रमा सेना प्रहरीको बाक्लो उपस्थिति रह्यो । उक्त क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरु के नै भए भनि हेर्न पुग्नेको भिडभाड बढ्यो । मानिसहरुले निकै चाख दिएर सेना प्रहरीले गरेका गतिविधी अवलोकन गरे ।
मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण
शुक्रबार, असोज २८, २०७९
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन् । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।
मतदाता शिक्षालाई बृहत्तर बनाइने
शुक्रबार, असोज २८, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।
मोटरसाइकलको ठक्करबाट रामपुरमा पैदलयात्रीको मृत्यु
शुक्रबार, असोज २८, २०७९
जिल्लाको रामपुर नगरपालिका–५, सानीअमराईमास्थित कालिगण्डकी करिडोर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्युभएको छ । विहीबार साँझा रामपुरबाट दामाचौरतर्फ जाँदै गरेको लु ६८ प ९९९४ नम्बरको मोटरसाएकलले ठक्कर दिँदा बेझाँड बजार बस्ने ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको हो ।
भोक न निद्रामा पहिरो पीडित
शुक्रबार, असोज २८, २०७९
गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडु आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्यूझिए । अँधेरी रात निद्राबाट ब्यूझिएर आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासी घर अगाडि ठूलो पहिरो खसेको देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो ।
प्रत्यक्षतर्फको मतपत्र छाप्न थालियो
शुक्रबार, असोज २८, २०७९
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका प्रत्यक्ष तर्फको मतपत्र छाप्न थालिएको छ । बिहीबारदेखि मतपत्र छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहनेछ । आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको...
प्रचण्डलाई स्पष्टीकरण
बिहीबार, असोज २७, २०७९
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
पाल्पामा एकै दिन २३ जनामा कोरोना
बिहीबार, असोज २७, २०७९
पाल्पामा एकै दिन थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन २३ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरबाट परीक्षण गरिएका ५ सय ७९ नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
घरमा आगलागी, ५५ लाखको क्षति
बिहीबार, असोज २७, २०७९
विद्युत सर्ट भई घरमा आगलागी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी भएको हो । हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
पाल्पाका कार्यालयमा छड्के अनुुगमन, २७ कर्मचारी कार्यालयमै भेटिएनन्
बिहीबार, असोज २७, २०७९
पाल्पाका सरकारी कार्यालयमा पियनदेखि अधिकृत नै कार्यालयमा अनुपस्थित हुने गरेको भेटिएको छ । जिल्लास्थित सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयको छड्के अनुगमनका क्रममा यस्तो देखिएको हो । कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयको गुनासोपछि प्रशासनले बुधबार छड्के अनुगमन गरेको थियो । यहाँका १३ वटा कार्यालयमा गरिएको अनुगमनमा ८ वटा...
रामपुरका युवा पञ्चेबाजा संरक्षणमा
बिहीबार, असोज २७, २०७९
गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आवद्ध युवा सक्रियरूपमा लागेका हुन् ।


