नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक
शनिबार, मंसिर २७, २०७७

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
बुधबार, मंसिर २४, २०७७
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।

सगरमाथाको उचाइ ८६ सेमी बढ्यो
मंगलबार, मंसिर २३, २०७७
सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८ सय ४८.८६ मिटर हुने भएको छ ।

काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा
शुक्रबार, मंसिर १९, २०७७
नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा रहेका छन् । दुई महिना अघि अमेरिका पुगेका श्रेष्ठ १५ दिने भ्रमणमा निस्किएका हुन् ।

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
बिहीबार, मंसिर १८, २०७७
२९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
शुक्रबार, मंसिर १२, २०७७
देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो ।

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
बुधबार, मंसिर १०, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै
शुक्रबार, मंसिर ५, २०७७
आज विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइदैछ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।

मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
बुधबार, मंसिर ३, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् ।

आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै
शुक्रबार, कात्तिक २८, २०७७
हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति
आइतबार, कात्तिक २३, २०७७
संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएकी छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी हुन् ।

राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
आइतबार, कात्तिक २३, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकोमा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
शुक्रबार, कात्तिक २१, २०७७
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।