Shittalpati
काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा

रामचन्द्र रायमाझी

पाल्पा । नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा रहेका छन् । दुई महिना अघि अमेरिका पुगेका श्रेष्ठ १५ दिने भ्रमणमा निस्किएका हुन् । उनले भ्रमणसँगै राजनितिक, सामाजिक भेटघाट समेत गर्दै आएका छन् । अमेरिकामा पेशा, व्यवसाय र अध्ययन गर्दै आएका नेपालीहरुसँग महासमिति श्रेष्ठले भ्रमणसँगै भेटघाट र छलफल गर्दै आएका हुन् । विश्वभर फैलिएको कोरोना महामारीका बिच स्वास्थ्य मापदण्डको पालना गर्दै भ्रमणमा निस्किएको शित्तलपाटी डटकमसँगको कुराकानीमा श्रेष्ठले बताएका छन् । उनले अमेरिकामा बसोवास गर्ने नेपालीहरुको अवस्था,नेपाल सरकार र अमेरिका सरकारसँगको सम्बन्ध,राजनितिक अवस्था लगायतका विषयमा नेपाली जनसम्पर्क समिति, नेपाली काँग्रेस, नेपाली समाज, पाल्पाली समाज, गिरिजा प्रसाद कोइराला फाउण्डेशन, एनआरएन र नेपाली विद्यार्थीहरुसँग छलफल, भेटघाट गर्दै आएको बताए ।

भेटघाटमा त्यहाँ बसोवास गर्दै आएका नेपालीहरुले अवकासपछि नेपालमा फर्किएर गएपछि आफुहरुलाई नेपाल सरकारले कस्तो खालको , व्यवस्था र सुविधा दिन्छ भन्ने विषयमा महासमिति सदस्य श्रेष्ठसँग जिज्ञासा राखेका छन् । उनीहरुले अमेरिकामा रहँदा यहाँको सरकारले गरेको सहयोग र आफुहरुको अवस्थाका विषयमा जानकारी गराए । युवा तथा प्रभावशाली नेता समेत रहेका श्रेष्ठले नेपालीहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै आफु अमेरिकाबाट फर्किसकेपछि आफ्नो पार्टी नेपाली काँग्रेस र सरकारलाई यस विषयमा जानकारी गराउने बताएका छन् । उनले नेपालीहरुले अमेरिकामा बसेर हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि महत्वपूर्ण रहेको बताए । श्रेष्ठले काम गर्नेहरुलाई नेपाल सरकारले पनि सम्मान गर्ने बताएका छन् । पाल्पाली संगमले आयोजना गरेको कार्यक्रममा पाल्पाको समग्र विकासका विषयमा समेत छलफल भएको थियो । श्रेष्ठलाई त्यहाँस्थित संघसंस्था, विद्यार्थीहरुले स्वागतसँगै सम्मान समेत गरेका छन् । उनको न्यूयोर्कबाट शुरू भएको भ्रमण तथा भेटघाट कार्यक्रम अमेरिकामा बढी बसोबास भएको न्योर्क, टेक्सास, क्यालिफोर्निया ,भर्जिनिया लगायतका शहरसम्म रहने जनाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update